
महेन्द्रनगर । सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरको १५ औं स्थापना दिवसको अवसरमा सामाजिक र आर्थिक उन्नतिमा सहकारीको भूमिका विषयमा बिहीबार निबन्ध प्रतियोगिता गरिएको छ ।
प्रतियोगितामा जिल्ला भरिका २३ सामुदायिक र ४२ जना संस्थागत विद्यालका विद्यार्थीले भाग लिएका छन् ।
सहकारीले माघ ८ गते १ बजे सहकारी सभा हल स्थापना दिवस समारोह तथा पुरस्कार वितरण कार्यक्रम गर्ने सहकारीका व्यवस्थापक रघुबीर भट्टले जानकारी दिए ।
