ghar sansar

पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका आमा छोराको महाकालीमा दाहसंस्कार

महेन्द्रनगर । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएका व्यवसायी सञ्जीव चन्द्र भट्टका धर्मपत्नि र कान्छा छोराको शनिबार महाकाली नदीमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

एक साता अघि पो्खरा विमान दुर्घटनामा परी भट्टकी धर्मपत्नि सुष्मा र कान्छा छोरा श्लोकको निधन भएको थियो । उनीहरुको शव शुक्रबार काठमाडौंंमा महेन्द्रनगर ल्याइएको थियो ।

lotus institite
daimond public

महेन्द्रनगर बजारस्थित भट्टको घरबाट सुरु शव यात्रामा विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन् । महाकाली नदीको भुजेला घाटमा आमा र छोराको छुट्टा छुट्टै चिता बनाएर दाहसंस्कार गरिएको छ ।

गत आइतबार काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।

Himal dental
सम्बन्धित
Loading...