ghar sansar

सूर्योदय बहुउद्देश्यीय सहकारीले मनायो १५ औं स्थापना दिवस, निवन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण सहितका कार्यक्रम

महेन्द्रनगर । सूर्याैदय बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरले १५ औं स्थापना दिवस मनाएको छ । जानकीट टोलस्थित सहकारी भवनको सभा कक्षमा नफ्सकुनका सञ्चालक माधव प्रसाद जोशीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी स्थापना दिवस मनाइएको छ ।

सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षता कार्यक्रम गरिएको छ । कार्यक्रममा स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ ।

mantra hos123

निबन्ध प्रतियोगिातमा प्रथम रेयिडन्ट माविकी उषा विष्ट, द्वितीय फ्लोरिडा इन्टरनेशल बोर्डिङ्ग स्कुलका दिवाकर पण्डित, तृतीय बैजनाथ माध्यमिक विद्यालयका माधव प्रसाद भट्ट र सान्तावना स्थान युनाइटेड पब्लिक स्कुलका नलिना भट्टलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा प्रथम विष्ट ५ हजार, द्वितीय पण्डित ३ हजार, तृतीय भट्ट २ हजार र सान्त्वना भट्टलाई नगद एक हजार पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई खादा ओढाएर प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जोशी सहित सहकारीका अध्यक्ष खरेल, लेखा समितिका संयोजक सुरेन्द्र केसीले विद्यार्थीलाई पुरस्कार प्रदान गरे ।
सामाजिक र आर्थिक उन्नतिमा सहकारीको भूमिका विषयमा आयोजना गरिएको प्रतियोगितामा जिल्ला भरिका २३ सामुदायिक र ४२ जना संस्थागत विद्यालका विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रममा सहकारीले पत्रकार रनि विवशलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पुगाएको भन्दै सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जोशीले पत्रकार विवशलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

सहकारीले बर्सेनी स्थापना दिवसमा सहकारीको क्षेत्रमा योगदान पुगाउने व्यक्तिलाई सम्मान गर्दै आएको सहकारीका अध्यक्ष खरेलले बताए ।

कार्यक्रममा प्रमुख अतिथि जोशीले सूर्योदय सहकारीले सहकारीका नीति, सिद्धान्तलाई अनुसरण गरी व्यवस्थित रुपमा कारोबार सञ्चालन गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

२०६५ मा एक लाख ३३ हजार शेयर पूँजीबाट सहकारी स्थापना गरिएको थियो । १५ वर्ष पुग्दा सहकारीको शेयर पूँजी २ करोड बढी पुगेको छ । सहकारीका अध्यक्ष खरेलले स्थापनाकालको स्मरण गर्दै अहिले दुई करोड शेयर पूँजी पुगेको, तीन ओटा सेवा केन्द्र सञ्चालन गरिएको र वार्षिक २० करोड हाराहारीमा कारोबार हुने गरेको बताए ।

सहकारीका सचिव ध्रबराज पण्डितले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सहकारीका सञ्चालक, शेयरधनी, पदाधिकारी, सल्लाहकार लगायतका सहभागी भएका छन् ।

सहकारीले सुदूरपश्चिम प्रदेश सरकार र भीमदत्त नगरपालिकाको सहयोगमा जग्गा किनेर आफ्नै भवन बनाएको थियो । आफ्नै भवन बनेपछि गत वर्ष सहकारी भवनमा सरेको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...