ghar sansar

मदन पुरस्कार विजेता जोशीको बाआमाथि परिचर्चा

khasi

महेन्द्रनगर । मानसखण्ड फाउण्डेसनले मदन पुरस्कार विजेता रामलाल जोशीको तेस्रो आख्यान कृति रामलाल जोशीको बाआमाथि परिचर्चा गरेको छ ।

फाउण्डेसनका अध्यक्ष नारा जोशीको अध्यक्षतातामा गरिएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा. टेकराज पन्त प्रमुख अतिथि थिए ।

Anant bahu travels

कार्यक्रममा शारदा विद्यापीठका उपप्राध्यापक हरिप्रसाद खतिवडा, साहित्यकार जगदीश ओझा, कविराज भट्ट तथा अमित प्रसाद भट्टले कृतिमाथि समीक्षात्मक परिचर्चा गरेका थिए ।

ग्रामीण समुदाय र विभिन्न समयको राजनीतिक, सामाजिक परिवेश एवम् वर्तमान समाजको यथास्थितिबारे चित्रण गरि लेखेएको यो कृति नेपाली आख्यानमा एक महत्वपूर्ण कृति बनेको समीक्षक खतिवडाले बताए ।

सुदूरपश्चिममै रहेर एउटा सशक्त कृतिको सिर्जना गरी यस क्षेत्रको भाषा, ग्रामीण परिवेश र वर्तमान समाजका विकृति विसङ्गतिहरुको वस्तुपरक चित्रण गरी लेखिएको यो कृतिले आख्यानका पाठकहरुका लागि महत्वपूर्ण खुराक बनेको र विगतका कृतिहरुभन्दा पनि बाआमा अब्बल रहेको समीक्षक जगदीश ओझाले बताए ।

dirghayi clinic

कार्यक्रममा शारदा विद्यापीठमा प्राचार्य भोजराज जोशी लगायत विभिन्न शुभकामना तथा टिप्पणी प्रस्तुत गर्ने विभिन्न विद्वानले यो कृतिमा मेरो आफ्नै कथा लेखिएको अनुभव भएकाले यो कृति रामलाल जोशीले लेखेपनि सबैको कथा समेटेको महत्वपूर्ण कृति बनेको राय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली तथा डोट्याली भाषा, साहित्य एवम् संस्कृतिमा गरेको योगदानका लागि मानसखण्ड फाउण्डेसनले कृतिकार रामलाल जोशीलाई सम्मानपत्र प्रदान तथा दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व डीन डा. पन्तले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै बाआमाजस्तो महत्वपूर्ण कृति नेपाली साहित्यमा थपिनु गौरवको विषय भएको बताए ।

उनले भने, ‘यस क्षेत्रमा रहेका लेखक साहित्यकारहरुका कृतिहरु बारे यसरी परिचर्चा क्रार्यक्रम राखी लेखकहरुलाई हौसला प्रदान गर्ने महत्वपूर्ण काम मानसखण्ड फाउण्डेसनले गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता महत्वपूर्ण कार्यमा आफ्नो तर्फबाट हुने साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

करीब ्तीन घण्टासम्म गरिएको कार्यक्रममा शारदा विद्यापिठका उप प्राध्यापक श्यामसुन्दर ढकाल, बीर बहादुर चन्द बिश्राम, गडसेरी माइला, नारायण लम्साल, चन्द्रकला पन्त, मधु हमाल, तुलसी पण्डित, लोकविक्रम मल्ल, तोयराज भट्ट, प्रेमप्रकाश कलौनी, ध्रुव अवस्थी, प्रेमप्रकाश कलौनी, नमिता चन्द, प्रेम सिंह, महादेव अवस्थी, भुपी अवस्थी, साहित्यकार, पत्रकार लगायत विभिन्नका व्यक्तित्व सहभागी भएका छन् ।

फाउण्डेसनका सचिव हेमबाबु लेखकले सञ्चालन गरेको उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष रमेश पन्त मीतबन्धुले स्वागत मन्तव्य राखे ।

Himal dental
सम्बन्धित
Loading...