
दोधारा । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा युवा युवतीका लागि सञ्चालन तीन महिने विद्युत जडान तालिम सुरु भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कञ्चनपुरले दोधारा चाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालयको सहकार्यमा तालिम सञ्चालन गरिएको छ ।
तालिममा नगरपालिका क्षेत्रका २२ जना युवा युवती सहभागी भएका छन् । युवालाई सिपमुलक तालिम सिकाएर स्वदेशमै स्वोजगार बनाउन तालिम सञ्चालन गरिएको गरिएको दोधारा चाँदनी– ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता ओंम बस्नेतले बताए ।

उनले सहभागी सबैलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सीप भए परनिर्भर हुनु नपर्ने उल्लेख गर्दै उनले तालिमले विदेश पलायन भईरहेको युवा शक्तिलाई समेत स्वदेशमै बस्ने प्रेरणा मिल्न आशा व्यक्त गरे । तालिम केन्द्रका प्रशिक्षक भोजराज पन्त प्रशिक्षक छन् ।
