ghar sansar

खरखडाईमा आमालाई खाजा पुगाउन गएकी दोधारा चाँदनीकी आशा महाकाली नदीमा बगिन्, स्थानीय थापाले उद्धार गरी बचाए

दोधारा । महाकाली नदीले बगाउदै गरेको एक किशोरीलाई दोधारा चाँदनीका एक युवकले उद्धार गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ९ की २३ वर्षिया आशा बस्नेतले आफ्नी आमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाई गएको बेला खाजा पुगाउन जाँदा मंगलबार महाकाली नदीले बगाएको थियो ।

उनलाई दोधारा चाँदनी नगरपालिका वडा नं. १० का एक युवक मोहन थापाले सकुशल उद्धार गरेको स्थानियबासीले बताएका छन् ।

lotus institite
daimond public

आज अपरान्हमा आशा बस्नेतले खरखडाई गएको बेला आफ्नी आमालाई खाजा पुरÞ्याउन जाँदा नदीले बगाउदै गर्दा स्थानिय मोहन थापाले उद्धार गरेको दोधारा चाँदनी– ९ का वडाध्यक्ष गोपीलाल कडेंलले जानकारी दिएका छन् । आशा बस्नेत नदीमा झण्डै १ किलोमिटर डुब्दै गरेका अवस्थामा स्थानिबासी मोहन थापाले सकुशल उद्धार गरेको वडाध्यक्ष कडेंलले बताएका छन् ।

महाकाली नदीमा एक्कासी नदीको बहाव तीव्र भएपछि आशालाई नदीले बगाएको बताईएको छ । देख्ना साथ स्थानियबासी मोहन थापाले आशालाई नदीबाट उद्धार गरेका छन् ।

आशाको पेटमा धेरै पानी निकालिएको बताईएको छ् । सामाचार तयारपारुञ्जेल उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उपचार भईरहेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ ।

आशाको ज्यान बचाउने युवक मोहन थापाको चौतर्फी प्रशंसा गरिएको छ् ।

Himal dental
सम्बन्धित
Loading...