
महेन्द्रनगर । बाजुरामा गएको भूकम्पसँगै भीरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । गौमुल गाउँपालिका–२ स्थित स्थानीय जंगलमा घाँस काट्ने क्रममा भूकम्प आउँदा माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ढुंगा लागेर मृत्यु हुनेमा स्थानीय जमुना रोकाया रहेकी छन् । उनको मृत्युको खबरपछि उक्त क्षेत्रमा प्रहरी पठाएको छ ।

मंगलबार दिउँसो २ः४३ मा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।
भूकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको पनि प्रहरीले जनाएको छ। विस्तृत विवरण संकलन भइरहेको छ ।
