ghar sansar

शुक्लाफाँटामा हात्तीको आक्रमणबाट महिला घाइते

dirghayu ad

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर काट्न गएकी एक महिलालाई बुधबार दिउँसो जङ्गली हात्तीले आक्रमण गर्दा घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् ।

ratnam malkhad

प्रहरीका अनुसार आक्रमणबाट गम्भीर घाइते भएकी लल्लुको बेलौरीमा उपचार भइरहेको छ । गत पुस तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एकजना स्थानीय घाइते भएका थिए ।

निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खोलेको थियो ।

Himal dental
सम्बन्धित
Loading...