
महेन्द्रनगर । बेलौरी नगरपालिकाको १० औँ अधिवेशन सम्पन्न भएको छ । बुधबार बेलौरी नगरपालिकाको हिउँदे अधिवेशन सकिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पुसमा हुुन पर्ने हिउँदे अधिवेशन एक महिनापछि गरिएको छ । अन्य स्थानीय तहले पुस महिनामै अधिवेशन गरि सकेका छन् ।
बेलौरी नगरपालिकामा पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि मेयर छन् । दोस्रो कार्यकाल चलि रहेका उनी समयमा हिउँदे अधिवेशन गर्न समेत चुकेका छन् । यस अघि स्थानीय तह निर्वाचन भएको लामो समयपछि मात्रै उनले केही दिन अघि नगर प्रवक्ता बनाएका थिए ।
बेलौरी नगरपालिका नगर कार्यपालिकाका नगर प्रवक्ता हर्क बहादुर भुलले नगर प्रहरी ऐन संशोधन सरित पारित गरिएको बताए ।
प्रवक्ता भुलका अनुसार १० दोसविटै वडाबाट चालु आर्थिक बर्षमा गरिएका बार्षिक प्रगति प्रतिवेदन प्रंस्तुतका साथै आगामी योजनाबारे प्रस्तुत गरिएको र नगरको सम्बृद्धिका लागि नीतिगत योजना समेत पारित गरिएका छन । ‘हामीले केही महत्वपूर्ण नगरकै विषयमा समेत निर्णय पारित गरेका छौँ, ‘प्रवक्ता भुलले भने, ‘नगरको दिगो विकासका लागि केही योजना संशोधन गरिएका छन ।’
नगर सदस्यहरुले समेत सीमावर्ती बेलौरीको सम्बृद्धिका लागि केही सुझाव सल्लाह प्रस्तुत गरेका थिए । नगरसभाका अध्यक्ष समेत रहेका बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगर सभा सदस्यले उठान गरेका जिज्ञासा सम्बोधन गरेका थिए ।
नगर सभामा बेलौरी नगरका प्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराज चोधरी, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक सहितका जनप्रतिनिधी सहभागि रहेका थिए ।
