ghar sansar

पुस्तक दिवसमा अनाथालयलाई पाठ्युस्तक र स्टेशनरी समान सहयोग

महेन्द्रनगर । नेपाल पुस्तक तथा स्टेस्नेरी व्यवसयी महासंघ जिल्ला शाखा कञ्चनपुरले पुस्तक दिवसको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा पाठ्य पुस्तक तथा स्टेसनरी समान सहयोग गरेको छ ।

mahostaw

महासंघका जिल्ला अध्यक्ष धर्मानन्द भट्टको अध्यक्षतामा अनाथालयमा कार्यक्रम गरी पाठ्यपुस्तक र स्टेशनरी समान वितरण गरिएको छ । कार्यक्रममा अनाथालयका कार्यालय प्रमुख शंकर बहादुर चन्दलाई समान हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा महासंघका निवर्तमान जिल्ला अध्यक्ष मेघ राज बोहरा, जिल्ला उपाध्यक्ष गुणाकर अवस्थी लगायत महासंघका पदाधिकारी, सदस्य र व्यवसायी सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...