ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष खत्रीले सार्वजनिक जग्गाको अतिक्रमण हटाएर बनाए बाटो

dirghayu ad
dirghayu clinic

दोधारा । दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव सिह खत्रीले शिवनगर टोलमा अतिक्रमण जग्गा खाली बाटो बनाएका छन् । अतिक्रमण गरिएका झण्डै ४ सय मिटर जग्गाको अतिक्रमित हटाएर बाटो निर्माण गरेका हुन् ।

वडाका वासिन्दालाई सहज पहुँचका लागि वडा अध्यक्ष खत्री बाटो बनाउने कार्यमा प्राथमिकता दिएर अघि बढेका छन् । ‘वडाको समृद्धि र विकासको लागि धेरै योजना बनाएको छु, जसले वडाको मुहार नै फेर्छ’ उनले भने ।

ratnam malkhad

उनी वडालाई नमूना वडा बनाउने लक्ष्य राखेर अघि बढेका छन् । शिक्षा, सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएका उनी गरीब, अल्पसंख्यक र पिछडिएका वर्गलाई फाईदा पुग्ने गरी विकास निर्माणका कार्यमा सक्रिय भएका छन् ।

वडामा रहेका गरिब तथा बिपन्नहरुलाई केही दिन अघि अष्ट्रेलियाबाट व्यक्तिगत सहयोग संकलन गरी सहयोग गर्दै आएका छन् ।

अतिक्रमण गरिएको जग्गा खाली गरी उनले भट्टी नालामा वडा कार्यालय भवन निर्माणको प्रक्रिया थालनी गरेका छन् ।
वाडका अधिकाँश वासिन्दा कृषि पेशामा आश्रित भएकोले कृषकका लागि कृषिमा आधुनिकीकरण गर्ने र कृषि उत्पादनलाई बढावा दिने योजना रहेको बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...