ghar sansar

हात्तीको आक्रमणबाट सिकिस्त सार्कीको उपचारमा सहयोगका लागि याचना

महेन्द्रनगर । जंगली हात्तीको आक्रमणबाट ढक्का शिविरकी अन्दाजी ५० वर्षीया ललु सार्की सिकिस्त भएकी छन् । उनको उपचारमा आर्थिक कठिनाइ भएकाले उनका पति गिरि सार्कीले सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज खरखडाई (खर काटन)का लागि गएकी सार्कीलाई हात्तीले आक्रमण गरी घाइते बनाएको हो । उनलाई उपचारका लागि बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा भर्ना गरिए पनि अवस्था गम्भीर हुँदा थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ ।

ratnam malkhad

हात्तीको आक्रमणबाट सिकिस्त सार्कीको शरीरको भित्री भागमा चोट लागेको चिकित्सकको भनाइ छ । घाइते सार्कीका पति गिरीले उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन अनुरोध गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...