ghar sansar

दोधारा चाँदनीमा पूर्व प्रहरी संगठनको परिचयात्मक कार्यक्रम

दोधारा । दोधारा चाँदनी नगरपालिकामा पूर्व नेपाल प्रहरी संगठनको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित कृषि शाखा कार्यालयको. प्रांगणमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउद, दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्री, वडा नं. ५ का वडाध्यक्ष ओंम बस्नेत, पुर्व नेपाल प्रहरी संगठन दोधारा चाँदनीका अध्यक्ष राजेन्द्र सिंह भण्डारी, सचिव बिर बहादुर सुनार लगायत पुर्व नेपाल प्रहरी दोधारा चाँदनीका पदाधिकारी सहभागी भएका छन् ।

lotus institite
daimond public

कार्यक्रममा वडाध्यक्ष केशव खत्री र ओंम बस्नेतले संगठनले संगठनलाई प्रगतिको कामना गरी सक्दो सहयोग र सहकार्य गरिने उल्लेख गरे । पूर्व प्रहरी संगठन दोधारा चाँदनी नगरपालिकाको लागी गहना भएको बताउँदै बक्ताहरुले संगठनलाई थप मजबुत बनाउन सहयोग र सहकार्य गर्ने बताएका छन् ।

पूर्व प्रहरी दोधारा चाँदनीका सचिव बिर बहादुर सुनारले पुवृ नेपाल प्रहरीहरु सामाजिक कार्यमा लाग्ने, दैविय प्रकोप भएको अवस्थामा उद्धार र बिपन्न वर्गलाई सहयोग गर्ने तथा अपराध नियन्त्रणको लागि स्थानिय सरकार र प्रशासनलाई सघाउने आगामी दिनको योजना रहेको बताए ।

पूर्व प्रहरी संगठनले विभिन्न सिपले निपुण रहेको हुँदा स्थानिय सरकारले उनीहरुको सीप तथा कलालाई मध्यनजर राख्दै सामाजिक कार्यमा लगाउन सघाउनु पर्ने वक्ताहरुले बताएका छन् ।

२०७८ सालमा दोधारा चाँदनी नगरपालिकामा स्थापना भएको पुर्व नेपाल प्रहरी संगठनले बिभिन्न समयमा सामाजिक कार्य समेत गर्दै आएको कार्यक्रममा बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...