ghar sansar

पुनर्वासमा अनियन्त्रित भएर अटो पल्टिँदा एक जनाको मृत्यु, दुई घाइते

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते छन् । पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढी–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो शनिबार अनियन्त्रित भएर पल्टिएको हो ।

dirghayi clinic

घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

उनका अनुसार अटोमा सवार रामेछापको सिन्धुलि नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन् । दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...