महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी सुडा उप शाखाको सभापतिमा शंकरदत्त जोशी चयन भएका छन् । उप शाखाको २० औं साधारण सचा तथा ५ औं अधिवेशनबाट शनिबार जोशीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ ।
समितिको उप–सभापति पुर्णकला पौडेल, सचिव प्रेमराज अर्याल, कोषाध्यक्ष टीका राम बोहरा, सह–सचिव टेक बहादुर चन्द र सह–कोषाध्यक्ष सरस्वती गिरी चयन भउका छन् ।
समितिमा तुलसी देवी पाण्डेय , तिर्थराज पाण्डेय, लोकेन्द्र सिह धामी , जयधन धामी ,चेतराज भट्ट चयन सदस्य छन् ।
उप शाखाका निवर्तमान सभापति भरत रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रदेश समिति सदस्य मन्जु दाहाल विशिष् अतिथि थिइन् ।
उप शाखाका सचिव प्रेम राज अर्यालले सञ्चालन गरेको कार्यक्रममा बेदकोट नगरपालिका ६ का वडा अध्यक्ष तुलसी राना, ७ का अध्यक्ष थानेश्वर भट्ट, ८ का अध्यक्ष महेश राज जोशी, ९ का अध्यक्ष जनक बिष्ट, १० का अध्यक्ष रतन सिह बिष्ट, उप शाखाका संस्थापक सभापति नारायण गिरी, नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका उप सभापति जनक राज जोशी लगायत सहभागी भएका छन् ।