ghar sansar

अमिटीले कलेजले मनायो १३ औं वार्षिकोत्सव

महेन्द्रनगर । अमिटी कलेजले विभिन्न कार्यक्रम गरी १३ औं वार्षिकोत्सव मनाएको छ । वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष गोकुलदेब भट्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रा. डा. चुडामणी जोशी, डा. टेकराज पन्त, डा. महादेब विष्ट, कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हेमबिक्रम थापा विशिष्ठ अतिथि थिए ।

mahostaw

विभिन्न कलेजका प्रिन्सिपल, शिक्षक, विद्यार्थी, अभिभावक सहभागी कार्यक्रममा रविन्द्र अवस्थीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले १३ औं वार्षिकोत्सव मनाउँदासम्म कलेजले अपेक्षित रुपमा शैक्षिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै शिक्षक, विद्यार्थी, अभिभावक र सहयोगी सबैलाई धन्यवाद दिए ।

प्रिन्सिपल अवस्थीले हालसम्म कलेजका ५२ विद्यार्थीले फूल ग्रेट पोइन्ट(जीपीए) ल्याएको र यस वर्ष ५ जनाले एमबीए अध्ययनका लागि पूर्ण छात्रबृत्ति पाएको बताए ।

कार्यक्रममा कलेजमा अध्ययन गरी सरकारी सेवामा जागिर भएका विद्यार्थीलाई सम्मान गरिएको छ । उनीहरुमा कलेजको पाँचौ ब्याचका गणेश विष्ट, चौथो ब्याचकी पूजा ओझा, मेनका जोशी र पवन ओडलाई दोसल्ला ओढाएर ओढाएर सम्मान पत्र प्रदान गरिएको छ ।

सम्मानित हुने पाँचौ बयचका विष्ट नेपाल राष्ट्र बैंकको सहायक निर्देशक हुन् । उनी आफैैं कार्यक्रममा सहभागी भएका छन् । विष्ट बाहेक अन्यका अभिभावकले सम्मान ग्रहण गरेका छन् । उनीहरुमध्ये ओझाले राष्ट्रिय बाणिज्य बैंक पाँचौ तह, जोशी राजश्व विभागको महिलातर्फ पहिलो नम्बर र ओडले कृषि विकास बैंकको पाँचौ तहमा नाम निकालेका छन् ।
उनीहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता चन्दले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

यसैगरी कार्यक्रममा कलेजले शिक्षक र कर्मचारीलाई नगद सहित सम्मान गरेको छ । कलेजका भिजिटिङ्ग प्रोफेसर डा. महादेब विष्ट र कार्यालय सहयोगी खुसीराम चौधरीलाई सम्मान गरिएको छ । डा. विष्टलाई १० हजार तथा चौधरीलाई ५ हजार नगद सहित सम्मान गरिएको छ ।

पोखरामा सम्पन्न राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीलाई पनि सम्मान गरिएको छ । प्रतियोगितामा विभिन्न खेलमा कलेजका १२ विद्यार्थी सहभागी भएका थिए ।

उनीहरुमा छात्रतर्फ बास्केटकल दुई जना, छात्रातर्फ बास्कमेटल ५ जना, खोखो एक जना, टेबलटेनिस २ जना तथा ब्याडमिन्टन र क्रिकेट एक÷एक जना छन् ।

कलेजले वार्षिकोत्सव अवसरमा वनखेतस्थित महिला तथा वृद्धा सेवा केन्द्र र कञ्चनपुर जिल्ला खेलकूद विकास समितिलाई नगद २०÷२० हजार सहयोग गरेको छ ।

कलेजबाट हालसम्म ८ सय विद्यार्थी पास आउट भएका छन् । हाल ५ सय ३० विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रिन्सिपल अवस्थीले पास आउट भएकामध्ये १ सय २० जना नेपाल बाहिर अध्ययन र जागिरमा रहेको तथा बाँकी स्वदेशमा अध्ययन र जागिरमा भएको जानकारी दिए ।

बीबीए र बिएचसिएमको पठनपाठन हुँदै आएकोमा कलेजले एमबीए र बीसीए पढाउने प्रक्रिया अघि बढाएको छ । कलेजका प्रिन्सिपल अवस्थीले एमबीए बिसिएका लागि पोखरा विश्वविद्यालयमा १० लाख धरौटी राखेको जानकारी दिए ।
‘धरौटी राखि सकेका छौ, विश्वविद्यालयले छिटो भन्दा छिटो स्वीकृत दिन्छ भन्नेमा आशावादी छौ’ उनले भने ।

वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि चन्द सहित कार्यक्रमका विशिष्ठ अतिथि, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी लगायतले शुभकामना मन्तव्य राखे ।

वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कलेजका कार्यक्रम संयोजक घनश्याम भट्टले सञ्चालन गरेको कार्यक्रममा कार्यालय सहायक मुकुन्द्र उप्रेतीले स्वागत मन्तव्य राखेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...