
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वर हरि बहुमुखी क्यामपसका संस्थापक क्याम्पस प्रमुख स्वर्गिय शेर सिह विष्टको नाममा छात्रबृत्ति अक्षय कोष स्थापना गरिएको छ । संस्थापक क्याम्पस प्रमुख विष्टका घर परिवारले विपन्न जेहेन्दार विद्यार्थीका लागि शेर सिह विष्ट छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् ।
विष्ट परिवारले दुई लाख दुई सय १० रुपैँयाको छात्रबृत्ति अक्षय कोष बनाएका छन् । विष्टको निधनपछि सुरुमा एक लाख एक सय ५ रुपैँयाको अक्षय कोष बनाएकोमा शनिबार त्यसमा थप गरी दुई लाख दुई सय १० रुपैँयाको बनाइएको हो ।

क्याम्पसको नव निर्मित भवन उद्घाटन कार्यक्रममा शनिबार विष्ट परिवारले अक्षय कोषमा रकम थप गरेका हुन् । स्वर्गिय विष्टकी धर्मपत्नि कौशिल्लादेवी विष्ट र छोरा विमल विष्टले रकम हस्तान्तरण गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद पूर्व मन्त्री रमेश लेखक कार्यक्रममा प्रमुख अतिथि थिए ।
स्वर्गिय विष्टका छोरा विमल विष्टले क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहनका लागि अक्षय कोष स्थापना गरिएको बताए । ‘क्याम्पको भवन समुद्घाटन कार्यक्रममा (मेरो पूजनीय बुवा यस क्यामपसमा संस्थापन क्यामपस प्रमुख हुनु हुन्थ्यो, त्यसैले वहाँले सेवा गरेकै क्याम्पसमा मिति २०७९÷०४ मा हामी सपरिवार मिलेर बुवाको नाममा १००१०५ को स्व. श्री शेर सिह विष्ट छात्रबृत्ति अक्षय स्थापना गरेका थियौ ) आज उक्त अक्षय काषमा १००१०५ गरेका छौ, अब यस अक्षय कोषको रकम २००२१० हुन गएको छ’ उनले भने, यसबाट क्याम्पसमा थोरै भए पनि जेहन्दार विद्यार्थीको अध्ययनमा थप हौसला प्रदान होस भन्ने आश गरिएको छ ।’
क्याम्पस सञ्चालक समितिका अध्यक्ष जनकराज जोशी र क्याम्पस प्रमुख प्रमुख ललित जोशीले अक्षय कोष बनाउन हौशला दिएको भन्दै उनले धन्यवाद दिएका छन् ।
भीमदत्त नगरपालिकाको उत्तरी क्षेत्रका विद्यार्थीलाई घर नजिक उच्च शिक्षा अध्ययन गराउन जिमुवामा क्याम्पस सञ्चालन गरिएको हो । जिमुवाका स्थानीय हरि सिह विष्टले क्याम्पसका लागि जग्गा दिएका छन् । जग्गादाता विष्टको नाममा क्याम्पसको नामाकरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर क्याम्पसले स्नानक तहमा बिएड र बीबीएसका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
विश्वविद्यालयको अनुदान आयोगको सहयोगमा १५ कोठे नयाँ भवन निर्माण गरिएको छ । एक करोड बढी लगानीमा निर्माण गरिएको भवनमा १५ कोठा छन् ।
क्याम्पस सञ्चालक समितिका सदस्य कृष्णराज भट्टले उत्तरी क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि क्याम्पस सञ्चालन गरिएको बताए ।
‘यो क्षेत्रका वासिन्दालाई बजार गएर मात्रै उच्च शिक्षा अध्ययना गर्नु पर्ने बाध्यता थियो, घर आँगनमै उच्च शिक्षा अध्ययन गराउन क्याम्पस खोलिएको हो’ उनले भने,‘अहिले बजार गएर पढ्न नसक्ने धेरै विद्यार्थीले क्याम्पसबाट अध्ययन गरी उच्च शिक्षाको धोको पूरा गरेका छन् ।’
क्याम्पस संस्थापक विष्टका परिवारले अक्षय कोष स्थापना गरी क्याम्पसलाई शैक्षिक विकासमा ठूलो योगदान दिएको बताए ।
