महेन्द्रनगर । बेदकोट नगरपालिकाका सबै वडाका ज्येष्ठ नागरिकले भलाकुसारी गरेका छन् । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले सबै वडाका ज्येष्ठ नागरिक सहभागी गरी कार्यक्रम गरेको छ ।
कार्यक्रममा उनीहरुले आ–आफ्ना विभिन्न अनुभव सहित आफूहरुले पाउनु पर्ने सामाजिक सुरक्षा लगायतका विषयमा एक अर्कासित कुराकानी गरेका छन् ।
मेयर भोजराज बोहराको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा न्यायिक समितिका सदस्य सहित विभिन्न समितिका पदाधिकारी सहभागी भएका छन् ।
कार्यक्रममा मेयर बोहराले ज्येष्ठ नागरिकलाई सम्मान र सम्मानित जीवन यापनका लागि नगरपालिका सधैं प्रतिवद्ध रहेको बताए ।
बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले चौमासिक रुपमा कार्यक्रम आयोजना गर्दै आएको बताइन् ।