ghar sansar

भारतीय प्रतिबन्धले बढ्न दिएन गड्डाचौकीबाट नेपाल आउने पर्यटक, दुई तीन जना मात्रै आउँछन् दैनिक

little buddha academy
khasi

महेन्द्रनगर । कोरोना महामारी संक्रमण रोकिएपछि पनि पश्चिमी सीमा नाका गड्डाचौकी नाकाबाट न्यून पर्यटक आएका छन् । भारत हुँदै गड्डाचौकी नाकाबाट बर्दिया, पोखरा लगायतका स्थानमा भ्रमणका लागि आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या कम हुँदै गएको छ ।

केही वर्षअघिसम्म वार्षिक तीन हजारदेखि बत्तीस सयसम्म अमेरिका, बेलायत, जर्मनी, इटली लगायत तेस्रो मुलुकका पर्यटक यस नाकाबाट प्रवेश गर्दथे । कोरोना सङ्क्रमणका बेला भारतले यहाँबाट तेस्रो मुलुकका पर्यटकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएपछि नेपालमा पनि पर्यटकको चहलपहल घटेको कार्यालय प्रमुख पदमराज भट्टले जानकारी बताए। भारतले सन् २०२१ को डिसेम्बरदेखि प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

भारतले आवागमनमा रोक लगाएयता नेपाल आउने तेस्रो मुलुकका पर्यटकको सङ्ख्यामा गिरावट आएको उनले बताए। “पहिले दैनिक १५÷२० पर्यटक आउने गरेकामा अहिले त्यो सङ्ख्या घटेर दुई÷तीन जनामा सीमित भएको छ”, उनले भने । भारत भ्रमणमा रहेका पर्यटक भिसा नवीकरणका लागि पनि यो नाका हुँदै नेपाल घुम्न आउने गरेको प्रमुख भट्टको भनाइ थियो ।

dirghayi clinic

गड्डाचौकीमा पर्यटक बोर्डको कार्यालय स्थापना गरी त्यहाँबाट भित्रिने पर्यटकलाई स्थानीय पर्यटकीय गन्तव्यबारे जानकारी दिने गरिएको थियो तर केही वर्षयता उक्त कार्यालय बन्द भएपछि सुदूरपश्चिममा पर्यटकीय गतिविधि बढाउनेतर्फ कसैले ध्यान नदिएको उनको गुनासो थियो ।

गड्डाचौकी नाकाको केही दूरीमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, एशियाकै लामो दोधारा चादँनी झोलुङ्गे पुल, झिलमिला ताललगायत धार्मिक पर्यटकीय गन्तव्य भए पनि पर्यटकलाई जानकारी गराउने कुनै निकाय नहुदा पर्यटकको चहलपहल घटेको मझगाउँस्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाले बताए ।

उनले सुदूरपश्चिम प्रदेश सरकारले भारतीय पर्यटन व्यवसायीसँग समन्वय गरेर तेस्रो मुलुकका पर्यटकलाई नेपाल–भारत भ्रमण गराउने योजना ल्याउनु पर्ने बताए । धार्मिक पर्यटनका दृष्टिकोणले पनि लाखौँं भारतीय पर्यटकलाई यहाँ ल्याउन सक्ने सम्भावना भएपनि सम्बन्धित निकायले कुनै पहल नगरेको उनको भनाइ थियो ।

साभार : दिनेश खबर डटकम

Himal dental
सम्बन्धित
Loading...