
महेन्द्रनगर । नेपाल बिउ व्यवसायी संघ समन्वय समिति कञ्चनपुरको अध्यक्षमा पुष्पराज भट्ट चयन भएका छन् । आइतबार बेलौरीमा सम्पन्न आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट भट्टको समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा अम्बा दत्त भट्ट,सचिव गोबिन्द भट्ट, कोषाध्यक्ष सरिता जौसी र सदस्यहरुमा सन्तोष भट्ट, सदस्य इन्द्र राज भट्ट, सदस्य बलविर चौधरी, सदस्य असोक राना, सदस्य हर्क बहादुर भाट चयन भएका छन् ।

नेपाल बिउ व्यवसायी संघ केन्द्रीय सदस्य इश्वर खनालको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष राम बहादुर चौधरीले अध्यक्षता गरेका थिए ।
