ghar sansar

सहिद दिवसको अवसरमा बागफाँटाको लक्ष्मी माविमा हाजिरी जवाफ र खाद्य महोत्सव

महेन्द्रनगर । भीमदत्त नगरपालिका १९ बागफाँटास्थित लक्ष्मी माध्यमिक विद्यालयले सहिद दिवसको अवसर पारी हाजिरी जवाफ प्रतियोगिता र खाद्य महोत्सव आयोजना गरेको छ । भीमदत्त नगरपालिका वडा नं. १९ को सहयोगमा कार्यक्रम गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रमानन्द नाथले सहिद दिवसको अवसर पारी कार्यक्रम गरिएको जानकारी दिदँै प्रतियोगितामा प्रथम लक्ष्मी मावि, द्वितीय एभरेष्ट ईङलिश बोडिङ्ग र तृतिय महेन्द्रनगर मावि साधारण र सान्त्वना सरस्वती मावि महुलिया भएको बताए ।

mantra hos123

प्रतियोगितामा विजोता विद्यालयलाई प्रथम चार हजार, द्वितीय तीन हजार, तृतीय दुई हजार र सान्तवालाई एक हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

विद्याmय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारीको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा अध्यक्ष जग्गुराम चौधरी प्रमुख अतिथि थिए ।

कार्यक्रममा भीनपा २ का वडा अध्यक्ष उत्तम भट्ट, कार्यापालिका सदस्य बसन्ती जोशी विशिष्ठ अतिथि थिइन् । विद्यालयका सहायक प्रधानाध्यापक प्रेम प्रकाश जोशीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्याmपक नाथले स्वागत मन्तव्य राखेका थिए ।

Himal dental
सम्बन्धित
Loading...