ghar sansar

दोधारा चाँदनीमा ट्राफिक नियम पालना गराउन सवारी जाँचमा कडाई

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनीमा अस्थायी ट्राफिक नियम पालनाका लागि सवारी जाँचमा सक्रियता देखाएको छ । लामो समयदेखि सवारी साधनको नविकरण नगरिएको कतिपय चालकको अनुमति पत्र नभेटिएको, हेल्मेट नलगाएको र ईजाजत बिना सवारी साधन चलाउने माथी कारबाही तीव्र पारिएको छ ।

विगतका वर्ष भन्दा यस पटक राजस्व संकलन बढेको बताईएको छ् । ट्राफिक व्यवस्थापनलाई सहज तुुल्याउन र दुर्घटना न्यूनीकरण गर्ने अभियानलाई तिब्र बनाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले बताए ।

,orning glory badhai

ट्राफिक सचेतना अवधारणालाई नागरिक सम्म पु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्ता संगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले दोधारा चाँदनीमा अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले अभियानकोरुपमा अघि बढाएको प्रहरी निरिक्षक साँउदको भनाई छ ।

सडक दुर्घटना न्युनिकरणको लागी प्रहरीले दोधारा चाँदनी नगरपालिकाका मुल सडक खण्ड लगायत भित्री सडकमा चेकपोष्ट थापेर रातीको समयमा समेच सवारी साधन जाँच गर्दै आएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले बताएका छन् ।

dirghayi clinic

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले दोधारा चाँदनीका बिभिन्न बिद्यालयमा ट्राफिक सचेतना फेलाउनुको साथै फेलेक्सी ब्यानर टाँगेर सडक दुर्घटना न्युनिकरणको लागी स्थानियलाई सचेत गर्दै आएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीमा प्रहरी हवल्दार शेर बहादुर चन्द र प्रहरी जवान महेश न्यौपाने कार्यरत रहेका छन् ।

ट्राफिक नियमको व्यावहारिक प्रयोग, मर्यादित सवारी हकाई, कानूूनलाई आत्मसात गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियानकोरुपमा संचालन गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीले बिश्वास लिएको छ ।

अभियानका क्रममा बिभिन्न समयमा कार्यक्रम गरि पर्चा पम्प्लेट वितरण र श्रव्य दृष्य प्रदर्शनी ट्राफिक नियम बारे सचेतना दिने कार्य भईरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीमा प्रहरी हवल्दार शेर बहादुर चन्दले बताए ।

सडकमा अनुुशासनको पालना नगर्ने, नागबेली पारेर सवारी साधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाईलमा कुरा गरेर सवारी दौडाउने र तीव्र गतिमा सवारी साधन हाँक्नेनै बढी दुर्घटनामा पर्ने गरेको ईलाका प्रहरी कार्यालयको अध्ययनले देखाएको छ् ।

नगरपालिकाका सडक दुर्घटना न्युनिकरणका मुल सडक खण्डमा नियमित सवारी साधान चेक जाँच कडा बनाउँदै आएको अस्थायी ट्राफिक प्रहरी पोष्ट दोधारा चाँदनीमा प्रहरी हवल्दार शेर बहादुर चन्दले बताएका छन् ।

सडकमा बिना हेल्मेट, बिना कागजात सवारी साधन चलाउने चालकहरुलाई पहिलो पटक सम्झाई बुझाई गर्ने, नमाने आवश्यक कारवाही गर्ने अभियान समेत सुरु गरेको ट्राफिक प्रहरीको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...