ghar sansar

तहगत प्रधानाध्यापकको माग गर्दै आन्दोलित महेन्द्रनगर माविका शिक्षकले गरे विद्यालयमा तालाबन्दी, पठनपाठन ठप्प

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षकहरुले तहगत प्रधानाध्यापक नियुक्तिको माग गर्दै विद्यालयमा तालाबन्दी गरेका छन् । शिक्षकहरुले तहगत प्रधानाध्यापक नियुक्तिको माग राख्दै पटक पटक गरिएका आग्रहको वेवास्ता भएपछि विद्यालयमा तालाबन्दी गरिएको छ ।

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले भीमदत्त नगरपालिकाको ‘तहगत प्रधानाध्यापकको व्यवस्था’ गर्ने निर्णयको बेवास्ता गर्दै करिब डेढ वर्षसम्म निर्णय कार्यान्वयनमा ल्याएको छैन ।

भीमदत्त नगरपालिकाले ०७८ चैत्र २ गते तहगत प्रधानाध्यापकको व्यवस्था गर्ने निर्णय गरेको भन्दै मातहतका सामुदायिक विद्यालयलाई माथिल्लो तहको स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था गर्न पत्राचार गरेको थियो ।

dirghayi clinic

विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षक विनोद सिंह हाजिर भएको करिब डेढ वर्ष बित्नै लागेको छ । तर, विद्यालयले भने नगरपालिकाको निर्णय कार्यान्वयन गर्न आलटाल गरिरहेको छ ।

विद्यालयमा निम्न माध्यमिक तहको स्थायी शिक्षक चन्द्रकला पन्तले नै प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेकी छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगर समितिले शिक्षा नियमावली २०५९ को परिच्छेद १७ को नियम ९३ (२) बमोजिम भीमदत्त नगरपालिका अन्तर्गतका केही विद्यालयमा तहगत स्थायी शिक्षक हुँदा हुँदै पनि सञ्चालित तहअनुसार तहगत प्रधानाध्यापक नियुक्त हुन नसक्नु दुखःद भनेको छ ।

भीमदत्त नगरपालिका शिक्षा समितिले २०७८ असार ३१ गते र भीमदत्त नगरपालिका नगर कार्यपालिकाले ०७८ साउन १ गते अनुमति पाएर सञ्चालन भएका विद्यालय स्वीकृत प्रदान गरी तहगत प्रधानाध्यापक व्यवस्थापन उद्धेश्यका साथ दरबन्दी मिलान भएको लगभग डेढ वर्ष बितिसक्दा पनि तहगत प्रधानाध्यापक नियुक्त हुन नसक्दा विद्यालयमा शिक्षक र कर्मचारीबीच विवाद सृजना भएको छ ।

पठनपाठनमा बाधा पुग्ने तथा कार्य सम्पादन मूल्याङ्कन गर्न÷गराउन समेत अप्ठेरो पर्ने भएकाले तत्काल तहगत प्रधानाध्यापक नियुक्त गरेर विद्यालयमा हुने विवाद हटाउन अध्यक्ष सोमराज जोशीद्धारा हस्ताक्षरित विज्ञप्तीमा माग गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...