ghar sansar

दोधारा चाँदनीमा आत्महत्या विरुद्ध विद्यार्थी र अभिभावकलाई प्रहरीको सचेतना

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकामा आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।

ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको आयोजनामा महाकाली आदर्श माबि– १ का विद्याथी तथा अभिभावकलाई आत्महत्या न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले जानकारी दिएका छन् ।

,orning glory badhai

आत्महत्याका कारण आत्महत्या न्यूनिकरण गर्न गराउन अपनाउनु पर्ने सावधानी, आत्महत्या गर्नु पूर्वका संकेतहरु र आत्महत्या दर रोक्नमा भूमिका लगाएतका विषयमा प्रस्तुतीकरण गरिएको छ् । आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरुप मृत्युवरण गरेको अवस्था आत्महत्या भएको कार्यक्रममा बताईएको छ ।

dirghayi clinic

आत्महत्या गर्नुका कारणमा मानसिक बिरामी, डिप्रेसन, रक्सीको दुव्र्यसनी, द्वन्द्व, प्रकोप, हिंसा, दुव्र्यवहार, एक्लोपन, तथा आफन्त वा आफ्नो प्रिय वस्तु गुमाउनु जस्ता घटनाले आत्माहत्या गर्ने गरेको कार्यक्रममा बताईएको छ ।

जोखिममा भएका व्यक्तिहरुले विभिन्न पहिचान समेत देखाउने भएकाले उनीहरुलाई परामर्श दिन आवश्यक रहेको प्रहरी निरिक्षक साँउदले बताए । बारम्बार आत्महत्याको कुरा गर्नु, हालसालमा ठुलो घटना घटेको देख्नु, मानसिक बिरामी, दुव्र्यसनी, एक्लोपन जस्ता कुराहरुले मानिस आत्माहत्या सम्म पुग्ने गरेको उनको भनाई छ ।

आत्महत्याका हरेक धम्की वा वचनलाई संवेदनशिलताका साथ लिने, कुरा गर्नका निम्ति उपयुक्त समय र स्थानको पहिचान गर्ने, सहानुभूति÷सद्धभावका साथ सुन्न, भावनात्मक सहयोग गर्ने परिवारजन र मित्रहरुलाई सम्पर्क गर्ने, कहिल्यै एक्लो नछोड्ने, मनोचिकित्सक, मनोविद, परामर्शकर्ता कहाँ पठाउने गरिएको भने पनि आत्माहत्या न्युनिकरणमा सहयोग पुग्ने बताईएको छ् ।

झण्डै ७० जना बिद्यार्थी तथा अभिभावहरुलाई आत्महत्या न्युनिकरणको लागी सचेतनामूलक कार्यक्रमका प्रशिक्षण ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले गरेका थिए भने बिद्यालयका प्रधानध्यापक नारायण दत्त भट्ट लगाएत शिक्षक, बिद्यार्थी तथा अभिभावको उपस्थिती रहेका थिए ।

दोधारा चाँदनी नगर क्षेत्रमा बढ्दो आत्महत्या दरलाई रोक्न प्रहरीको सचेतना कार्यक्रमले निकै सघाउने स्थानिय बताउँछन् ।

 

Himal dental
सम्बन्धित
Loading...