ghar sansar

समाजवादी अखिलको जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एकीकृत सम्बद्ध अनेरास्ववियु कञ्चनपुरले जिल्ला संयोजक प्रज्वल कुँबरको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक कमिटी घोषणा गरेको छ ।

dirghayi clinic

अखिलका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष पुष्प रोकायाको प्रमुख आतिथ्यमा भाँसीस्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटी बैठकले २७ सदस्यीय आयोजक कमिटी घोषणा गरेको हो ।

,orning glory badhai

प्रदेश कमिटीले केही दिन अघि कुँबरलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको थियो । जिल्ला संयोजक कुँबरको अध्यक्षमा बसेको बैठकमा प्रदेश कमिटी अध्यक्ष रोकाया सहित केन्द्रीय कमिटी सदस्य एवम् प्रदेश उपाध्यक्ष पुस्कर भट्ट, केन्द्रीय सदस्य एबम् प्रदेश कमिटी सह सचिव कमल एस्के, केन्द्रीय कमिटी सदस्यहरु ओम प्रकाश भट्ट, सुशिल चन्द, निलम जोशी, केशव खड्का लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...