ghar sansar

नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउ

dirghayu ad

महेन्द्रनगर । प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरी पक्राउ परेका छन् । फरार प्रतिवादीको सूचीमा रहेका चौधारी बाँकेमा बिहीबार पक्राउ परेका हुन् ।

चौधरीलाई कोहलपुरमा समातिएको खबर आएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी अशोक सिंहले जानकारी दिए।अहिले उनलाई पक्राउ गरेर कैलाली ल्याउन लागेको प्रहरीले जनाएको छ ।

ratnam malkhad

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए ।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो । तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए ।

त्यसपछि उनी चुनाव लडेर अहिले प्रतिनिधि सभा सदस्य बनेका हुन् ।

Himal dental
सम्बन्धित
Loading...