ghar sansar

खुला मञ्चमा फागुन १ गतेदेखि महोत्सव, प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने

khasi

महेन्द्रनगर । कोरोना महामारी संक्रमणका कारण अघिल्ला दुई वर्ष रोकिएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव यस वर्ष आगामी महिनादेखि आयोजना गर्ने तयारी थालिएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघले कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहित फागनु १ देखि १० गतेसम्म १४ औं महोत्सव गर्न लागेको हो । अघिल्लो महिना महोत्सव गर्र्ने निर्णय गरेपछि संघले तयारी अघि बढाएको थियो ।

बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले आर्थिक गतिवधि चलायमान, उद्योग व्यापार व्यवसाय र पर्यटन लगायतका आर्थिक क्षेत्रको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिने बताए ।

‘यस पटक १४ औं महोत्सव आयोजनाको तयारीमा छौ, यस अघि २०५७ देखि यस प्रकारको व्यापारिक औद्योगिक महोत्सव आयोजना हुँदै आएको छ’ संघले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष जोशीले भने,‘महोत्सव आयोजना गर्ने मुख्य कारण भनेकै आर्थिक गतिविधि चलायमान बनाउने भन्ने हो, व्यवसायीको व्यवसाय बढाउने, उद्यमी व्यवसायीको अवस्था कसरी सुधार ल्याउन सकिन्छ, अनि विदेशीलाई पनि कसरी तान्न सकिन्छ भन्ने हो ।’

२२ वर्ष अघि २०५७ मा पहिलो पटक खुला मञ्चमा महोत्सव आयोजना गरिएको थियो । त्यसपछि अर्को वर्ष हुन नसकेर पाँच वर्षपछि २०६२ मा दोस्रो महोत्सव आयोजना गरिएको थियो । दोस्रोको तीन वर्षपछि २०६५ मा तेस्रो आयोजना भएपछि भने २०७६ सम्म लगभग सबै वर्ष महोत्सव आयोजना हुँदै आएको थियो । कोरोना महामारी संंक्रमणपछि २०७६ पछि यस वर्ष खुला मञ्चमा महोत्सव तयारी गरिएएको हो ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । संघका अध्यक्ष जोशी सहितको टोलीले केही दिन अघि काठमाडौं गएर प्रधानमन्त्री दाहाललाई महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री दाहालले आउने निश्चित भएपछि संघ उद्घाटन समारोहलाई भव्य बनाउने गरी तयारीमा जुटेको छ ।

संघका अध्यक्ष जोशीले महोत्सव आयोजना स्थल खुला मञ्चमा जाउ जाउ भन्ने मन लाग्ने गरी महोत्सव तयारी गरिएको बताए । खुला मञ्चमा बाल उद्यान र स्टल निर्माण सुरु गरिएको छ ।

‘यो महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालज्यू आउँदै हुनु हुन्छ, वहाँले उद्घाटन गर्नु हुनेछ’ उनले भने,‘त्यस कारण महोत्सवको उद्घाटनदेखि सबै तयारी त्यसै अनुसार गरि रहेका छौ, महोत्सव हेर्न जाउ जाउ भन्ने मन लगाउने गरी तयारी गरि रहेका छौ ।’

अध्यक्ष जोशीले कञ्चनपुरका आर्थिक विकाससित जोडिने विकास आयोजना कार्यान्वयनका लागि दबाव पुग्ने लक्ष्य राखेर महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री दाहाललाई आमन्त्रण गरिएको उल्लेख गरे ।

dirghayi clinic

‘कञ्चनपुरमा आर्थिक विकासका लागि सुरु गरिएको योजना छन्, ती योजनाको कार्यान्वयन प्रक्रियता छिटो सहज होस भन्ने हामी सबै उद्यमी व्यवसायीको चाहना हो, प्रधानमन्त्रीज्यू आफैं महोत्सवमा आएपछि यहाँका ती विकास निर्माण कार्य कार्यान्वयनमा सहयोग पुग्ने आशा हो’ उनले भने,‘उद्घाटन कार्यक्रममा संघ ती विकास आयोजना कार्यान्वयनका लागि प्रधानमन्त्रीज्ूको ध्यानाकर्षण पनि गराउँदछौ ।’

प्रधानमन्त्री दाहाललाई दोधारा चाँदनीको सुख्खा बन्दरगाह, महाकाली कोरिडोर, छेला औद्योगिक क्षेत्र, मझगाउँ विमानस्थल, दैजी जोगबुडा सडक निर्माण लगायतका विकास योजना कार्यान्वयन गरी छिटो सञ्चालन आउनका लागि दबाव दिइने भएको छ । प्रधानमन्त्री दाहाल आफैंले निरीक्षण गरेपछि यी योजना कार्यान्वयनमा सहजता आउने संघको विश्वास छ ।

‘गणतन्त्र स्थापनापछिको पहिलो प्रधानमन्त्री हुँदा वहाँबाट नै खुला मञ्चमा महोत्सव उद्घाटन गराएका छौ, पहिले प्रम हुँदा पनि वहाँले धेरै सहयोग गर्नु भएको छ, संघले अहिलेसम्म उठाएका मागहरुमध्ये धेरै पूरा भएका छन्, केही पाइपलाइनमा छन्,’ पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लले भने,‘यस पटक वहाँ आएपछि अधुरा अपूरा विकास योजना कार्यान्वयन सहज हुने विश्वास लिइएको छ ।’

संघका निवर्तमान अध्यक्ष मल्लले दोधारा चाँदनीको सुख्खा बन्दरगाह सञ्चालन, महाकाली पुल निर्माण, शारदा ब्यारेज खोल्न समय बढाउने लगायतका कार्यमा भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिह धामीले संघलाई सधैं सहयोग गरेको बताए ।

‘अहिले पनि वहाँले सुख्खा बन्दरगाह निर्माण के कस्तो सहयोग चाहिन्छ, त्यसका लागि सहयोग गर्न तयार छु भन्ने प्रतिवद्धता गर्नु भाको छ’ उनले भने,‘संघले यस्ता कुरामा सधैं दबाव दिदैँ आएको छ ।’

छिमेकी भारतीय देशका सहित दुई लाख बढीले महोत्सव अवलोकन गर्ने संघले अनुमान गरेको छ । महोत्सवमा तीन सय भन्दा बढी स्टल राख्ने गरी तयारी थालिएको छ ।

महोत्सवमा लघु उद्यम, अटो, कृषि, गार्मेन्ट, वैकल्पिक उर्जा, खाद्यान्न सामाग्री, निर्माण सामाग्री, सूचना प्रविधि, साँस्कृतिक कायैक्रम, बाल उद्यान मुख्य आकर्षणका रुपमा राखिएका छन् ।

महोत्सवको साँस्कृतिक कार्यक्रम अन्र्तगत राष्ट्रिय, स्थानीय कलाकारसंग भारतको कुमाउनी कलाकार पनि आउने भएका छन् । साँस्कृतिक कार्यक्रममा लोक दोहारी, हास्यव्यङ्ग्य, देउडा, राना थारु नृत्य लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले कञ्चनपुरको पर्यटन क्षेत्रको विस्तृत जानकारी दिने, डोटेली तथा राना थारु खानाका परिकार पनि मुख्य आकर्षणका रुपमा राखिएको जानकारी दिए ।

प्रभु बैंकको मुख्य प्रायोजन रहेको महोत्सवको प्रायोजकमा गोर्खा बु्रअरी र निको इन्स्योरेन्स कम्पनी लिमिटेड छन् । महोत्व प्रवद्र्धकमा सनराइज बंैक लि. र डिस होम छन् ।

संघका अध्यक्ष जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष मल्ल सहित संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, बाणिज्य उपाध्यक्ष धर्मसिह रावल, महासचिव खगेश्वर बोहरा, कोषाध्यक्ष चेतराज जोशी, संघका कार्यालय प्रमुख हेमराम भट्ट लगायतका सहभागी भएका छन् । संघले महोत्सव आयोजना सम्बन्धी जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...