ghar sansar

दोधारा चाँदनीमा विशेषज्ञ चिकित्सक सहभागी हुने गरी स्वास्थ्य शिविर सञ्चालनको तयारी

khasi

दोधारा । प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा दुई दिने स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । दोधारा चाँदनी नगरपालिका ६ स्थित केन्द्रमा माघ २२ र २३ गते विभिन्न शिविर सञ्चालन गर्ने तयारी गरिएको छ ।

dirghayi clinic

दोधारा चाँदनीका नगर प्रवक्ता तथा प्राथमिक स्वास्थ्य केन्द्र दोधाराका अध्यक्ष ओंम बस्नेतले शिविरमा बालरोग, स्त्री रोग, छाला रोग, नाक, कान, घाँटी, जनरल फिजिसियन, हड्डी सम्बन्धी, मनोरोग, सर्जरी लगायत सम्बन्धी रोगको निःशुल्क जाँच गरी उपचार गरिने बताए ।

यस क्षेत्रमा पहिलो चोटी यति ठुलो संख्यामा विशेषज्ञ डाक्टर सम्मलित शिविर सञ्चालन गर्न लागिएको बताईएको छ ।

Himal dental
सम्बन्धित
Loading...