ghar sansar

खुला मञ्च महोत्सवका लागि यसरी गरिएको छ जिम्मेवारी बाँडफाँट, अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति

janjyoti campus

महेन्द्रनगर । खुला मञ्चमा फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने १४ औं सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सञ्चालनका लागि मूल समिति गठन गरिएको छ । महोत्सव आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षमा १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

संघले महोत्सव सञ्चालनका लागि मूल समिति बाहेक विषयत समिति, स्टेरिङ्ग र सल्लाहकार समिति पनि बनाएको छ । संघका कार्यकारी अधिकृत हेमराज भट्टले महोत्सव सञ्चालनका लागि अध्यक्ष जोशीको नेतृत्वमा मूल आयोजक समिति सहित १५ विषयगत समिति, एक स्टेरिङ्ग समिति र सल्लाहकार समिति गठन गरिएको जानकारी दिए ।

western public academy

अध्यक्ष जोशीको नेतृत्वमा गठन गरिएको मूल आयोजक समितिमा वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह संयोजक र महासचिव खगेश्वर बोहरा सदस्य सचिव छन् । यसैगरी महोत्सवका लागि संघका वर्तमान र निवर्तमान पदाधिकारी, सदस्यको नेतृत्वमा विभिन्न समिति गठन गरिएका छन् ।

dirhayu

संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल स्वागत सत्कार समितिका संयोजक बनेका छन् । साँस्कृति तथा यातायात व्यवस्थापन समितिमा वरिष्ठ उपाध्यक्ष मल्ल सुरक्षा, बाल उद्यान समितिमा उद्योग उपाध्यक्ष सुरेश गुरुङ्ग, स्टल निर्माण तथा मञ्च व्यवस्थापन समितिमा बाणिज्य उपाध्यक्ष धर्म सिह रावल, सचिवलाय तथा प्रचारप्रसार समितिमा महासचिव खगेश्वर बोहरा, प्रायोजक, प्रवद्र्धक तथा स्टल बुकिङ्ग समितिमा सचिव राहुल भट्ट, आर्थिक तथा टिकट व्यवस्थापन समितिमा कोषाध्यक्ष चेतराज जोशी नेतृत्व पाएका छन् ।

संघले कार्य समिति सदस्य गोपाल सिह बुडपाललाई सरसफाई तथा मञ्च रेखदेख नरेन्द्र प्रसाद जोशी पर्यटन प्रवद्र्धन समिति, प्रेमप्रकाश पाठक कृषि प्रवद्र्धन समिति, प्रंदिप पाल पार्किङ्ग व्यवस्थापन, विशाल सोनार खानेपानी तथा विद्युत व्यवस्थापन, मीनराज भट्ट सञ्चार तथा समन्वय र रामचन्द्र बुडालाई व्यानर व्यवस्थापन समितिको जिम्मेवारी दिएको छ ।

सल्लाहकार समितिमा संघका पूर्व अध्यक्ष, साँसद, राजनीतिक दलका प्रमुख, समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख उप प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुख छन् । संघका पदाधिकारी सहित सदस्यद्वय तेज बहादुर चन्द र कृष्णप्रसाद पाठक सदस्य रहने गरी स्टेरिङ्ग समिति गठन गरिएको छ ।

२२ वर्ष अघि २०५७ मा पहिलो पटक खुला मञ्चमा महोत्सव आयोजना गरिएको थियो । त्यसपछि अर्को वर्ष हुन नसकेर पाँच वर्षपछि २०६२ मा दोस्रो महोत्सव आयोजना गरिएको थियो । दोस्रोको तीन वर्षपछि २०६५ मा तेस्रो आयोजना भएपछि भने २०७६ सम्म लगभग सबै वर्ष महोत्सव आयोजना हुँदै आएको थियो । कोरोना महामारी संंक्रमणपछि २०७६ पछि यस वर्ष खुला मञ्चमा महोत्सव तयारी गरिएएको हो ।

महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल आउने भएका छन् । संघका अध्यक्ष जोशी सहितको टोलीले केही दिन अघि काठमाडौं गएर प्रधानमन्त्री दाहाललाई महोत्सव उद्घाटनका लागि निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री दाहालले आउने निश्चित भएपछि संघ उद्घाटन समारोहलाई भव्य बनाउने गरी तयारीमा जुटेको छ ।

Himal dental
सम्बन्धित
Loading...