ghar sansar

लक्ष्मी मावि खैरभट्टीले विविध कार्यक्रम सहित मनायो ४४ औं वार्षिकोत्सव

महेन्द्रनगर । भीमदत्त नगरपालिका १५ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयले ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविभि कार्यक्रमका साथ मनाएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्वस मनाइएको छ ।

lotus institite

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र सिह साउँदको अध्यक्षतामा गरिएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य हिरा सिह सार्की, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा र कञ्चनपुर जिल्ला खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरी विशिष्ठ अतिथि थिए ।

daimond public

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले स्वागत मन्तव्य सहित विद्यालयको प्रगति विवरण प्रस्तुत गरे ।
कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति गरिएका छन् । यसैगरी सम्मान र प्रमाण पत्र वितरण गरिएको छ । विद्यालयका शिक्षक लोकराज जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...