
दोधारा । कृष्ण बिकास नेपाल दोधारा चाँदनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ् । साधारण सभाबाट भुवन बिहारी पन्तको अध्क्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।
समतिको उपाध्यक्षमा सरस्वती शाही, सचिवमा बिशाल बिष्ट, उपसचिवमा उमेश साँउद, कोषाध्यक्षमा बहादुर सिंह धानुक छन् ।
पदम कलौनीको सभापतित्वमा संचालन भएको साधारण सभाका प्रमुख अतिथी दोधारा चाँदनी– २ का वडाध्यक्ष पदम रावल रहेका थिए । चयन भएका सबै पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना दिएका छन् ।
