ghar sansar

प्रेस चौतारीको स्थापना दिवसमा अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण

महेन्द्रनगर । प्रेस चौतारी नेपालको कञ्चनपुर शाखाले चौतारीको २५ औँ स्थापना दिवस छ । स्थापना दिवसको अवसरमा पत्रकारहरुसित छलफल र अनाथ बालबालिकालाई फलफूल र स्टेशनरी वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरको सभा कक्षमा गरिएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरि प्रशाद जोशीले पत्रकार आचारसंहिता पालनामा जोड दिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका जोशीले कोरोना संक्रमणपछि मिडिया क्षेत्र आर्थिक रुपमा समस्याग्रस्त भएको उल्लेख गरे ।

त्यस्तै अग्रज पत्रकार चित्राङ्ग थापाले पत्रकारको हकहितमा बलियो मिडिया नीति आवश्यक रहेको औल्याए । उनले पछिल्लो समय पत्रकारीता सहज भएपनि यसलाई व्यवसायिक र मर्यादित बनाउन चुनौतीपुर्ण रहेका बताए ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष विष्णुु अवस्थीले कोरोना संक्रमणपछि मिडिया हाउस चलाउनै समस्या भएको बताए । उनले निजी क्षेत्रको विज्ञापनमा कटौतीसँगै सरकारी विज्ञापनको समान वितरण नहुदाँ सञ्चारमाध्यम धरासायि बन्दैँ गएको बताए । साथै विज्ञापन वितरण प्रणालिमा एकरुपता ल्याउनु पर्ने उनको सुझाव थियो ।

कार्यक्रमपछि महेन्द्रनगरस्थि समाज कल्याण अञ्चल बाल अनाथालयमा फलफुल र शैक्षित सामाग्री वितरण गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...