ghar sansar

भगतपुरका पनेरुले नगर विकास समितिलाई ६ लाख बुझाएको १० वर्षसम्म पाएनन् जग्गा, ८२ वर्षमा धाउँदै छन् कार्यालय

dirghayu ad

महेन्द्रनगर । रकम बुझाएर जग्गा पाउन नसकेका भीमदत्त नगरपालिका ४ भगतपुरका एक स्थानीयले फेरि भीमदत्त नगर विकास समिति समिति धाउन थालेका छन् ।

नगर विकास समितिले रकम बुझाएका व्यक्तिलाई जग्गा दिने निर्णय गरेको हल्ला सुनेपछि भगतपुरका ८२ वर्षिय धनीराम पनेरु बुधबार नगर विकास समिति कार्यालय पुगेका छन् । उनले समितिका कर्मचारीलाई भेटेर आफ्नो कुरा राखेका छन् ।

ratnam malkhad

पनेरुले १० वर्षपछि तत्कालिन महेन्द्रनगर नगर विकास समितिलाई आफ्नो घर नजिकको जमिनका लागि ६ लाख १८ हजार रकम बुझाएका थिए । बैंकमा नगद जम्मा गरी नगर विकास समितिमा भौचर बुझाएपछि उनी जग्गाका लागि नगर विकास समिति धाउँदै आएका छन् ।

‘मेरो घरेडी किनारको जग्गा दिने भनेपछि बैंकमा गएर रकम बुझाए, त्यसको नगदी रसिद नै छ’ उनले भने,‘मालपोतमा पनि पुगेको छ , त्यहाँ दर्ता पनि भाको छ’ उनले भने,‘खै किन हो, अहिलेसम्म न जग्गा मिल्यो, न त मैले पैसा नै फिर्ता पाए ।’

नगर विकास समितिबाट मालपोत कार्यालयमा लगेर फाइल दर्ता गराएपछि कर्मचारीको गलत नियतले जग्गा पाउन नसकेको दुखेसो उनले पोखे । ‘यताबाट सिफारिश लिएर मालपोत गएर दर्ता गरेको छु, नान भन्दा मैले हुँदैन भने, त्यही भएर जग्गा पाउन सकेको छैन’ उनले भने ।

नगर विकास समितिबाट सिफारिश भएपछि पनेरु जग्गा पास गराउन पटक पटक मालपोत कार्यालय पुगेका छन् । उनले कर्मचारीलाई जग्गा पास गर्न आग्रह गर्दै आएका छन् ।

प्रहरी सेवाबाट रिटायर्ड पनेरु जग्गा पासका लागि कर्मचारीलाई घुस नदिने मनस्थितिमा छन् । ३३ वर्ष प्रहरी सेवामा बिताएका उनी घुस खानु ठूलो अपराध भएको उनको भनाई छ । उनी प्रहरी नायब निरीक्षकबाट रिटायर्ड भएका हुन् ।

‘३३ वर्षे प्रहरी सेवा जागिर गरे, दुई वर्ष जति गुप्तचर पनि भएको हुँ’ उनले भने,‘को कसरी घुस खान्छन्, मलाई सबै थाह छ, मैले एक रुपैँया पनि खाएको छैन’ उनले भने,‘घुस खानु सबैभन्दा ठूलो अपराध हो ।’

राज्यका संरचना कमजोर हुँदा अराजका बढेकोमा उनले चिन्ता व्यक्त गरे । ‘देशमा जसले जे गरे पनि हुने भयो, कोही पनि जिम्मेवार छैनन्’ उनले भने ।

जग्गाका लागि रकम बुझाउँदा नगर विकास समितिमा भएका पदाधिकारी र कर्मचारी नभएको उनले बताए । उनले समितिका नयाँ पदाधिकारीलाई पनि आफ्नो समस्या राखेका छन् ।

नगर विकास समिति विघटन भएर अहिले स्थानीय सरकार मातहत आएको छ । तत्कालिन नगर विकास समितिको नाम फेरिएर भीमदत्त नगर विकास समिति बनेको छ । समितिको केही दिन अघि बसेको बैठकबाट जग्गा दिने निर्णय हल्ला सुनेपछि उनी नगर विकास समिति कार्यालय पुगेका छन् ।

‘पैसा बुझाएलाई जग्गा दिने निर्णय भएको सुनेपछि यहाँ आएको छु, यहाँ त कोही पनि छैनन्’ उनले भने,‘जग्गा नपाउँदासम्म त आइ रहनु पर्ला ।’

Himal dental
सम्बन्धित
Loading...