ghar sansar

वि.पी.कोइराला आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः सुनार

महेन्द्रनगर । भीमदत्त नगरपालिका १२ ओदालीस्थित श्री वि.पी.कोइराला आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा गिरी सुनार चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यमा चयन गएिका सदस्यहरुको बैठकबाट सुनार पुनः अध्यक्ष भएका छन् ।

समितिमा लक्ष्मी चुनारो, राधिका धामी, कुसुम खत्री, बिमला लुहार, सरु पहरी, मायादेवी टमटा, सोभानदत्त जोशी सदस्य र विद्यालयका प्रधानाध्यापक बीरराम एस्के सदस्य सचिव भएका छन् । समितिका सदस्यमध्ये टमटा वडा पदेन सदस्य र जोशी शिक्षक प्रतिनिधि हुन् ।

ratnam malkhad

समितिका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य लक्ष्मी चुनाराको अध्यक्षतामा बैठक बसेको थियो । विद्यालयका प्रधानाध्यापक एस्केले समितिका अध्यक्ष सुनार सहित सबैलाई धन्यवाद दिएका छन् ।

उनले नयाँ समितिले विद्यालयको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा सहित सफल कार्यकाल सफलताको कामना गरेका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...