ghar sansar

फूड फेस्टिभलमा विद्यार्थीले पकाए, अभिभावकले खाए

महेन्द्रनगर । बेलौरी नगरपालिका वडा नं ४ मा अवस्थित उग्रतारा बाल विद्यालयका विद्यार्थीले विद्यालयमा सोमबार फुड फेस्टिभलको आयोजना गरेका छन् । विहान १० बजे अपरान्ह ४ बजेसम्म गरिएको फेस्टिभलमा कक्षा ६ देखी १० सम्मका विद्यार्थी सहभागी भएका छन् ।

फेस्टिबलमा विद्यार्थीहरुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकहरुले उपयोग गरेको विद्यालयका भाइस प्रिन्सिपल ललित कार्कीले बताए । फुड फेस्टिभलमा विद्यार्थीहरुले परम्परागत खानाका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका छन् ।

बेलौरी नगरपालिकाका उप प्रमुख जोग राम चौधरीले फेस्टिभल उद्घाटन गर्दै विद्यार्थीहरुलाई प्रयोेगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बताए । विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक र व्यवहारिक बनाउन सहयोग पुग्ने उप मेयर चौधरीको भनाई छ ।

विद्यार्थीहरुलाई व्यावसायिक सीप सिकाउने र इभेन्ट व्यवस्थापन गर्ने तरिकाबारे सीप सिकाउन फुड फेस्टिभल कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल केशब सिह बिष्टले जानकारी दिए ।

उनले भने, ‘विद्यार्थी आफैले विभिन्न परिकार बनाउने र पाहुनाका लागि पस्किने अभ्यास गर्दा बिद्यार्थीहरुमा आत्म बिश्वास बढछ ।’ यसबाट बिद्यार्थीहरुले लागनी, व्यावसाय को व्यवस्थापन, प्रतिस्पर्धा, मुनाफा जस्तो जीवनमा नभइनहुने सीप सिक्ने उनको भनाई छ ।

महाकाली क्याम्पसका क्याम्पस प्रमुख धर्म राज जोशीले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षाको खाचो रहेको बेला यस्ता प्रयोगात्मक अभ्यास निकै नै प्रभावकारी हुने बताए । यस्ता कार्यक्रमहरुले बिद्यार्थीहरुको मनोबल बढ्ने र व्यावसायिक सीप सिक्ने अवसर पाउने बताए ।

बिद्यार्थीहरु भित्र लुकेको प्रतिभा, क्षमता प्रस्ट्याउन यस्ता कार्यक्रमको निरन्तरता पाउनु पर्नेमा बेलौरी नगर पालिका शिक्षा शाखा प्रमुख बिद्यालय निरीक्षक देब बहादुर चन्दले भने, “यस्ता अभ्यासमूलक कार्यक्रमले बिद्यार्थीमा आत्मबल बढाउछ । नियमित सिकाई बाहेक प्रयोगात्मक यस्ता अभ्यासले विद्यार्थीमा जोश, जागर पनि पलाउने बिद्यालय निरीक्षक देब बहादुर चन्दले बताए ।

 

 

Himal dental
सम्बन्धित
Loading...