ghar sansar

दोधारा चाँदनीमा निर्धन वित्तिय संस्थाले जेहेन्दार विद्यार्थीलाई दियो उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति

little buddha academy
khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकास्थित निर्धन उत्थान लद्यु वित्तिय संस्था शाखाले एक विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ । दोधारा चाँदनी नगरपालिका– ५ शिवनगर टोलमा सोमबार कार्यक्रम गरी १२ कक्षा उत्तीर्ण अनिता भण्डारीलाई १० हजार छात्रबृत्ति प्रदान गरेको छ ।

संस्थाले केन्द्रिय कार्यक्रम अनुसार संस्था आवद्ध महिला समूहका सदस्यको छोरा छोरीमध्ये पढाईमा उत्कृष्ठ अंक ल्याएर उत्तीर्ण हुने भण्डारी र वडा नं. १० का यम बहादुर सुनारलाई छात्रबृत्ति दिने निर्णय गरेको थियो । त्यस अनुसार भण्डारीलाई सोमबार छात्रबृत्ति रकम दिइएको छ ।

dirghayi clinic

शिवनगर टोलमा आयोजित छात्रबृत्ति रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष केशव खत्री, निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीका शाखा प्रमुख गौतम ज्ञान थापा, निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीका सहायक तोयानाथ पन्त, वडा नं. ५ वडा कार्यालयका सामाजिक परिचालक दिपेन्द्र ढकाल लगायतका सहभागी भएका छन् ।

संस्था आवद्ध सदस्यका सन्तानलाई उच्च शिक्षामा निरन्तरता दिन थप प्रोत्साहन र हौसला दिने उद्देश्यले छात्रवृत्ति प्रदान गरेको भन्दै वडाध्यक्ष केशव खत्रीले निर्धन उत्थान लद्युबित्तिय संस्था शाखा दोधारा चाँदनीलाई धन्यवाद दिए ।

संस्थाका प्रमुख गौतम ज्ञान थापाले निर्धन उत्थान लद्युबित्तिय संस्था गर्दै आएको कामहरुको बारेमा जानकारी दिए । छात्रबृत्ति रकमलाई डा. हरिहरदेव पन्त स्मृति छात्रबृति रकम बताईएको छ् ।

निर्धन उत्थान लद्युबित्तिय संस्था अन्तर्गतको १ सय ३० महिला समूहरु दोधारा चाँदनी नगरपालिका क्षेत्रमा छरिएर रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...