
दोधारा । दोधारा चाँदनी नगरपालिका ७ बाबाथानस्थित कमलशा बाबा मन्दिर समितिको अध्यक्षमा दिल बहादुर क्षेत्री चयन भएका छन् । कमलशा बाबा मन्दिर समितिको बुधबार सम्पनन भेलाबाट क्षेत्रको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा नरेन्द्र चन्द, सचिवमा बल बहादुर रावत, सह–सचिवमा मालती जोशी भण्डारी, कोषाध्यक्षमा माया देबी पुन लगायतत छन् ।

भेलाले कमशा बाबा मन्दिर समितिको सल्लाहकार समिति सहित कमलशा बाबा मन्दिर समितिको नाम परिवर्तन गरी कमलशा बाबा संस्कृति संरक्षण समिति राख्ने निर्णय गरेको छ ।
