
महेन्द्रनगर । पुर्नबास नगरपालिकाका वडा नम्बर ५ र ६ का ३० जना किसानहरु लाई कुखुरा पालनका लागि खोर सहित कुखुरा सहयोग गरिएको छ ।
स्वीट नेपाल कंञ्चनपुरको आयोजना तथा युएनडिपी नेपाल र पुर्नवास नगरपालिकाको सहयोगमा सञ्चालित एकिकृत जीविकोपार्जनको पहलद्वारा कोभिड १९ पुर्नप्राप्ति परियोजना अन्र्तगत एक एक वटा खोर साथै एक जनालाई २० वटा कुखुराका दरले हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा सबै किसानलाई चारो खुवाउने भाडा,पानी पिलाउने भाडो,चारो ५० किलोग्राम,र औषधि लगायतका समान किसानलाई पुर्नवास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा र स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले संयुक्त रुपमा हस्तान्तरण गरे ।
संस्थाले पुर्नवास नगरपालिकामा विपन्न समुदायका रोजगारी गुमाएका २ सय २५ जना भन्दा बढी व्यक्तिलाई रोजगारी सिर्जनाका लागि सहयोग गरेको स्वीट नेपालका कार्यक्रम व्यवस्थापक अमित सुनारले जानकारी दिए ।
आईबिआरडी बजारमा भएको हस्तान्तरण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अमिर तिरुवाले गरेका थिए । कार्यक्रममा पुनर्वासका मेयर तोयाप्रसाद शर्मा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत गणेश सिह ऐरी, वडा नं. ५ का अध्यक्ष पदम सिह रोकाया विशिष्ठि अतिथि थिए ।
कार्यक्रममा पशु शाखा प्रमुख अनिता केसीले स्वागत मन्तव्य राखेकी थिइन् । पशु प्राविधिक मोहित बोहराले सञ्चालन गरेको कार्यक्रममा वडा नं. ६ र ७ का ३० जना किसान सहभागी भएका छन् ।
कार्यक्रममा किसानहरु हर्षित भएका छन् । उनीहरुमध्ये गंगा सार्कीले सिहदरबार घरमै आई सेवा दिएको व्यक्त गरिन् ।
संस्थाले दिगो जीविकोपार्जनका लागि पुर्नवास नगरपालिकाका विपन्न समुदायका दलित,आदिवासी, जनाजाति, एकल महिला तथा महिलाका लागि रोजगारमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
