ghar sansar

विद्यालयलाई शैक्षिक हब बनाउँछौ

dirghayu ad
हरिराज विष्ट प्रधानाध्यपक बैजनाथ माध्यमिक विद्यालय, महेन्द्रनगर

खास गरिकन कञ्चनपुरको शैक्षिक इतिहासमा बेग्लै पहिचान बनाएको बैजनाथ माध्यमिक विद्यालय पछिल्लो समय केही पछाडि पर्न गएको भन्ने कुरा समुदायबाट आएको हो । किनभने विद्यालयको मूल्याङ्कन समुदायले गर्छ, यो सामुदायिक विद्यालय हो । त्यसलाई मध्यनजर गरेर हामीले विद्यालयलाई पुरानै अवस्थामा फर्काउन पर्दछ, यसको विश्वास समुदायमा अलि कम पर्न गएको छ, यसलाई पुनः जागृत गर्न सकिन्छ भन्ने उद्देश्यका साथ हामीले विगतदेखि आफ्ना प्रयासहरु सुरु ग¥यौ । कञ्चनपुर जिल्लाको व्यवसायिक धार सञ्चालन गर्न समेत स्वीकृत प्राप्त यस विद्यालयमा कृषि प्राविधिकतर्फ ९(१२ को पढाई हुने, पशु विज्ञानको पढाई हुने र साधारण धारतर्फ १२ सम्मको पढाई हुँदै गरेकोमा केही संख्या, विद्यार्थी संख्यामा तल्लो तहमा केही कमी आएको तपाई हामीलाई थाह नै छ । त्यो संख्या बढाउनका लागि हामीले घरदैलो अभियान सञ्चालन ग¥यौ । गत वर्ष शैक्षिक सत्रको सुरुवातमै गार्जियनसंग अन्र्तक्रिया जस्ता कार्यक्रम सञ्चालन ग¥यौ । हामीले कमिटमेन्ट, वाचा, प्रतिवद्धता जाहेर ग¥यौ, त्यो गर्दा समुदायले हामीलाई केही हदसम्म विश्वास गरी अहिले संख्यामा विगतको भन्दा केही सुधार भएको अवस्था छ । हामीले अभिभावकसंग गरेका वाचाहरु कबोलहरुलाई जहिले पनि मध्यनजर गरेर विद्यालयको पठनपाठन व्यवस्थित रुपमा सञ्चालन गर्दै गएका छौ । अहिले विद्यालयमा उच्च अनुशासनका साथ विद्यार्थीहरुको सिकाई व्यवस्थापन भएको छ ।

ratnam malkhad

साधारण धारतर्फका विषयहरु हुन् या प्राविधिक धारका विषयहरु हुन् हामीले जानेसम्म विद्यार्थीको सिकाई स्तर राम्रो सुधार हुने गरेर कक्षा सञ्चालन भएका छन् । पहिला विद्यालय दुई ठाउँमा सञ्चालन भएको कारणले गर्दा प्रशासन सञ्चालन, प्रशासनिक झन्झटिलो थियो, त्यो अवस्था हो ,केही तल्लो बिल्डिङ्ग, जहाँ अहिले महाकाली बहुप्राविधिक शिक्षालय छ, त्यहाँ हाम्रो प्राविधिक धारको कार्यक्रम चल्दथ्यो । त्यसरी सञ्चालन हुँदा खेरी प्रशासनिक झन्टझ भएको हुनाले हामीले अहिले एउटै भवन, विद्यालयको मूल भवनमा अहिले सबै कक्षा सञ्चालन भएका छन् । विहान विद्यालय समय, प्रार्थना सभादेखि नै हामी सचेत छौ । त्यहाँ पनि विद्यार्थीका प्रतिभा पहिचान गर्ने विभिन्न कार्यक्रम त्यहाँ प्रस्तुत गर्न लगाउँछौ । त्यसपछि कक्षाहरु माथिल्लो कक्षा सबैमा प्रोजेक्टरको माध्यमबाट शिक्षण सिकाई हुने व्यवस्था भएको छ अहिले । प्राविधिक धारतर्फ व्यवसायिक किसिमले प्रयोगात्मक किसिमले प्राविधिक तर्फका कार्यक्रमलाई बढी भन्दा बढी फोकस गरिएको छ । जुन कुरा कृषि र पशुको क्षेत्रतर्फ गयौ भने सजिलै देख्न सकिन्छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापका मार्फत उनीहरुको प्रतिभा प्रस्फुटन गर्नु पर्छ भन्ने कुरालाई विद्यालयले मध्यनजर गरी विद्यालयको खेलकूद मैदानको विस्तार भएको छ, टिटी बोर्डहरु बनाइएका छन्, ब्याडमिन्टन कोर्टहरु बनाइएको छ ।

विद्यार्थीहरुलाई इन्टरबलमा , मध्यान्तर समयमाा खाजा खानु टाढा जानु पर्ने र उतै बजारतिर अलमलिने समस्याले गर्दा खेरी पनि विद्यार्थीहरु चाँडै बजारतिर आउँछन् भन्ने किसिमको अभिभावकहरुमा जाने भएकाले हामीले विद्यार्थीहरुको लागि विद्यार्थीहरुको खाजाका लागि क्यान्टिनको व्यवस्था मिलाएको छौ । र मध्यान्तर समय, इन्टरभलमा समेत विद्यार्थीलाई विद्यालय कम्पाउन्ड बाहिर जान नदिने, भित्रै खाजा उपलब्ध हुने व्यवस्था पनि मिलाइएको छ । जसले गर्दा खेरी अहिले विद्यालयको सम्पूर्ण समयमा विद्यार्थीहरु विद्यालयको हाताभित्र, विद्यालयका क्रियाकलापमा विद्यार्थी तथा शिक्षकहरु दत्तचित्त भएर लागि रहनु भएको छ । अनि व्यवस्थापन पक्षले विद्यालयलाई निरन्तर रुपमा सुपरीवेक्षण अनुगमन गरि रहेको अवस्था छ । जसले गर्दा खेरी विद्यालय सञ्चालन गर्न सजिलो भएको छ । विद्यालयमा बाह्य स्रोत आकर्षित गरी राखेको अवस्था छ । यो कारणले गर्दा खेरी विद्यालयको भौतिक व्यवस्थापन लगायत शैक्षिक वातावरणमा सहयोग पुगेको अवस्था छ । हामीले अभिभावकहरुसित पटक पटक अन्र्तक्रिया गरि रहेका छौ । विद्यार्थीका सिकाईका उपलब्धिका सम्बन्धमा अभिभावकसित अन्र्तक्रिया गरि रहेका छौ । यो कार्यलाई निरन्तरता दिई विद्यार्थीको सिकाईको सम्पूर्ण जानकारी बेलैमा अभिभावकलाई दिएर विद्यार्थीको सिकाई सुधार गर्ने अवस्था सिर्जना गरिएको छ । अहिले विद्यालयले सिकाईका सम्बन्धमा, अतिरिक्त क्रियाकलापका सम्बन्धमा होस हामीले गति लिएका जस्तो हामीले अनुभव गरेका छौ । यद्यपि हामीले सबै गरि सकेका छौ र अब गर्न बाँकी छैन भन्ने चाहि होइन गर्न थुप्रो बाँकी छ । र पनि हाम्रा प्रयासहरु त्यतातिर केन्द्रित भएका छन् ।

बाल विकास शिक्षा, विद्यालयको सबैभन्दा तल्लो तह, शिक्षाको जग भनेकै बालविकास हो । बालबालिकालाई खेलेर सिक्ने, रमाएर सिक्ने बनाउने वातावरण सिर्जना गर्ने । बाल उद्यान निर्माण कार्य सुरु गरि सकेका छौ । व्यवस्थित बाल उद्यान निर्माण गर्ने, कक्षा कोठालाई व्यवस्थित बनाउने र त्यसरी बाल विकासमा विद्यार्थीलाई आकर्षित गर्ने, त्यस्तै प्रारम्भिक कक्षाहरुमा कक्षा १, २, ३ मा नयाँ पाठ्यक्रममा व्यवस्था भए अनुसारको कार्यक्रमहरु गरी विद्यार्थीहरुलाई सिकाईमा सहभागी गराउने, अनि यो कुरा सबै शिक्षकहरु यसमा लागि राख्नु भएको छ । विद्यालयको प्रशासनलाई विकेन्द्रीकरण गर्न आधारभूत तहमा संयोजक तोकिएको छ, एक जना शिक्षकलाई । जेष्ठ शिक्षकलाई । त्यस्तै माध्यमिक तहमा संयोजक तोकिएको छ । प्राविधिक धारतर्फ तोकिएकोमा अहिले रिक्त छ, त्यहाँ पनि हामी संयोजकको व्यवस्था गर्छौ । सहायक प्रअको व्यवस्था छ । यी कुराहरु भएको हुनाले प्रशासनिक विभाजन पनि अहिले गरिएको छ । यसले गर्दा अलि सहज भएको अवस्था अहिले छ । विज्ञान प्रयोगशाला व्यवस्थित छ हामीसित । कृषि र पशु विज्ञानको प्रयोगशालामा थुप्रै सामाग्री छन्, यद्यपि प्राविधिक धारका लागि छुट्टै प्रयोगशाला भवन हामीले बनाउन सकेका छैनौ । प्रयोगात्मक क्रियाकलापहरुको पशु विज्ञान तर्फको प्रयोगात्मक क्रियाकलापका लागि हामीले गाउँघर क्लिनिक पशु स्वास्थ्य सम्बन्धित गाउँघर क्लिनिक सञ्चालन गर्ने योजनामा छौ । यसले गर्दा खेरी प्राविधिक शिक्षाका लागि यो बैजनाथ माध्यमिक विद्यालय एक नम्बरको रोजाइमा पर्ने अर्थात शैक्षिक हबको रुपमा विकास गर्ने कार्यक्रम छ । अझै यो वर्ष हामीले प्राविधिक शिक्षाका दुई तीन ओटा कार्यक्रम थप गर्ने लक्ष्यका साथ हामी अगाडि बढी रहेका छौ । त्यसको प्रक्रिया अगाडि बढी सकेको छ । केही समस्याहरु पनि छन् ।

विद्यालयका केही समस्या छन् । हामीसंग शिक्षक दरबन्दी राम्रै थियो, विद्यार्थी शिक्षक अनुपात केही कम हँुदा विगतको भन्दा तीन दरबन्दी काटिएको अवस्था छ । प्र्राथमिक तहमा ५ जना शिक्षक रहेकोमा अहिले ३ जना मात्रै छन्, निमाविमा ५ जना रहेकोमा अहिले ४ जना मात्रै छन्, माध्यमिक तहमा ८ जना रहेकोमा अहिले ६ जना मात्रै छन् । दुई जना त्यता काटिएको छ । त्योले गर्दा खेरी , त्यति बेला केही विद्यार्थी संख्या कम हँुदा खेरी हाम्रो दरबन्दी काटिन गयो,अब विद्यार्थी संख्या बढ्ने बित्तिक्कै थपिने अवस्था छैन । बढ्ने बित्तिक्कै थपिने र घट्ने बित्तिक्कै काटिने यो व्यवस्था भई दिएको भए हुन्थ्यो, अब हाम्रा टिचर, दरबन्दी हामीले पाउने होइन कि जस्तो लागि रहेको छ । यसो भएको हुनाले हामीले केही विद्यालय स्रोतबाट तलब खाने गरी मावि र उच्च माविमा केही शिक्षक व्यवस्थापन गरेका छौ । जसले गर्दा खेरी विद्यालयको नियमति पठनपाठनमा कुनै पनि वाधा परेको छैन । तर असहज परिस्थिति चाहि सिर्जना भएको छ । शिक्षकहरुलाई केही लोड बढी परेको अवस्था छ ।

विद्यालयका सम्बन्धमा मैले यहाँहरु समक्ष अनुरोध गरे यो सामुदायिक संस्था हो, यसको सामाजिक दायित्व पनि छ । जबसम्म समाज र विद्यालय एक अर्काका परिपूरक हुँदैनन्, विद्यालयको समाजप्रतिको विश्वास र समाजको विद्यालयप्रतिको विश्वास हुँदैन,तबसम्म यी संस्थाहरु राम्ररी सञ्चालन हुन सक्दैनन् । त्यसो भएको हुनाले गत विगतमा कोरोना महामारीका कराण हाम्रो विद्यालयको वार्षिकोत्सव, विद्यालयका गतिविधि हामीले प्रस्तुत गर्ने अवसर हामीले पाएनौ । यस वर्ष हामी माघ २८ गतेका दिन विद्यालयका सम्पूर्ण गतिविधिहरु, विद्यालयको वर्तमान अवस्था सहितको सम्पूर्ण परिचय, हाम्रो विद्यालयका भावी योजनाका सम्बन्धमा हामी सबै अभिभावकहरुलाई जानकारी गराउने छौ ।

यो २८ गतेका दिन विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाउँदैछौ । हामीले सञ्चालन गरेका कार्यक्रमहरु हाम्रो विद्यालयको गतिविधि अभिभावकले जानकारी प्राप्त गर्नु हुनेछ । र जसबाट विद्यालय र अभिभावकको सम्बन्ध अझ प्रगाढ हुने छ भन्ने हामीले आशा अपेक्षा गरेका छौ । प्राविधिक शिक्षाका लागि सुदूरपश्चिमका लगभग ९ ओटै जिल्लाबाट विद्यार्थीहरु यहाँ आएर अध्ययन गरि रहेको अवस्था छ । अहिलेको अवस्थामा ती अध्ययन गर्ने विद्यार्थीहरु कोही समान्य परिस्थितिका हुने, कमजोर आर्थिक स्थितिका हुने कसैलाई बजार एरिया या यसको पेरिफेरी एरियामा बस्न डेरा पनि उपलब्ध हुन नसक्ने हाम्रो सामाजिक विकृतिका कारण डेरा पनि उपलब्ध हुन नसक्ने कारणले गर्दा केही बालबालिका विद्यार्थीहरु डेराको समस्याका कारण आजित छन् । हामीले पटक पटक विद्यालयमा एउटा सुविधा सम्पन्न छात्राबास, सामुदायिक विद्यालयमा जसले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई त्यहाँ बसेर सहजै शिक्षा आर्जन सकुन भन्ने उद्देश्यका साथ सोच बनाएको थियौ, त्यो हामीले पाउनु सकेनौ ।

यो बैजनाथ माध्यमिक विद्यालयका लागि मात्रै होइन, सुदूरपश्चिमका ९ ओेटै जिल्लाका लागि पनि बैजनाथमा एउटा छात्राबास आवश्यक छ । जसमा कम्तिमा पनि ५०÷६० विद्यार्थी सजिलोसंगै बसेर अध्ययन गर्न सकुन । यतातिर अझ पहल गर्नेछौ । मुख्य कुरो सम्बन्धित निकायले यसमा कुरामा ध्यान दिनु पर्ने आवश्यकता देखिएको छ । अहिले सबै शिक्षक,कर्मचारी विद्यालयको विकासका लासगि उत्साहित छौ ।

Himal dental
सम्बन्धित
Loading...