गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल, डोटी
तिम्रो हेराईमा मेरो मन भुलेको छ
बोलिरहने तिम्रो बानिले मन भुलेको छ
तिमिले लेखेका शब्दहरु हेर्न मन लागेको छ
त्यो हसिलो मुहार हेरिरहन मन पर्छ
त्यै मायामा मन भुलाउनु छ
हसाउने तिम्रो बानि मन पर्छ
तिम्रो हेराईमा मेरो मन भुलेको छ
प्रेम गर्ने दिलले तिम्रो बारेमा सोधेको छ
तिमि साथमा भए यो संसारमा खुसि रहन्छु
यो दिलले तिम्रो खुसि देख्न आतुर रहन्छ
तिम्रो हेराईमा मेरो मन भुलेको छ
बोलिरहने तिम्रो बानिले मन भुलेको छ
तिमिले लेखेका शब्दहरु हेर्न मन लागेको छ
त्यो हसिलो मुहार हेरिरहन मन पर्छ