महेन्द्रनगर । दोधारा । दोधारा चाँदनी नगरपालिकाका नगर उप प्रमुख गंगा देबी जोशीले अनुग्रह मण्डलीलाई कार्पेट र पिफम दिएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ६ स्थित अनुग्रह मण्डलीलाई शनिबार कार्यक्रम गरी हस्तान्तरण गरेकी छन् ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबि जोशी, वडा नं. ६ का वडा अध्यक्ष ओंम बस्नेत, अनुग्रह मण्डली दोधारा चाँदनीका प्रमुख रोयल राई, पञ्जाव (भारत) का पाष्टर बिजय मसिहा, साबित्री लामा तथा स्थानिय मण्डलीका अनुयायी सहभागी भएका छन् ।
दोधारा चाँदनी नगरपालिकाका नगर उप प्रमुख जोशीले आफूले निर्वाचनको बेला अनुग्रह मण्डलीलाई बोलेका वाचा अनुरुप सहयोग गरेको बताइन् ।
‘निर्वाचनको बेला अनुग्रह मण्डली परिवार संग मैले गरेको चुनावी वाचा अनुसार थोरै भएपनि सहयोग गर्ने प्रयास गरेको हुँ’ उनले भनिन् ।
कार्यक्रममा वडा अध्यक्ष बस्नेतले दिनमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
अनुग्रह मण्डलीका प्रमुख रोयल राई लगाएत अनुग्रह मण्डलीका टिमले उप मेयर जोशीले गरेको सहयोगको धन्यबाद दिए ।