ghar sansar

किसान महासंघ कञ्चनपुरको अध्यक्षमा बुडा

khasi

महेन्द्रनगर । नेकपा (एमाले) सम्बद्ध अखिल नेपाल किसान महासंघ कञ्चनपुरको अध्यक्षमा राम बहादुर बुडा चयन भएका छन् । महासंघको शनिबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट बुढाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

समितिको उपाध्यक्षमा ईश्वर कुमार, सचिव भोजराज पाण्डेय, सह सचिव मोहन भण्डारी र कोषाध्यक्ष नैनादेवी शाही चयन भएका छन् । सदस्यमा बसन्ती बडाल, पदम बहादुर ऐर, दामोदर प्रसाद भट्ट, महाबीर साउँद, प्रमानन्द जोशी, लाल बहादुर चौधरी, राजेन्द्र कुँबर, रामदत्त जोशी, माधवी भट्ट, प्रताप टमटा, भजना राना र कर्ण सिह मण्डल छन् ।

dirghayi clinic

महासंघका निवर्तमान जिल्ला अध्यक्ष शेर बहादुर सिहको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज नर बहादुर धामी प्रमुख अतिथि थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कृपाराम राना, र केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज कमला बोहरा विशिष्ठ अतिथि थिए ।

किसान महासंघका सुदूरपश्चिम प्रदेश इन्चार्ज नेपालु चौधरी विशिष्ठ, प्रदेश सदस्य हिक्मत बहादुर सिह, एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, गजेन्द्र बहादुर चन्द, प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पन्त लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...