ghar sansar

घटाल माविको ४२ औं वार्षिकोत्सव, पूर्व विद्यार्थी कलौनी सहितलाई सम्मान

khasi

महेन्द्रनगर । बेदकोट नगरपलिका ७ सुडास्थित घटाल माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम सहित ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बेदकोटका नगरपालिका प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।

Anant bahu travels

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डेयको अध्यक्षतामा गरिएको कार्यक्रममा बेदकोट नगरपालिका उप प्रमुख तुलशी जोशी, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवम पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बोहरा, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश नेपाली विशिष्ठ अतिथिए ।

dirghayi clinic

कार्यक्रममा बेदकोट नगरालिका ७ का अध्यक्ष थानेश्वर भट्ट, नेपाल रेडक्रस उप शाखा सुडाका अध्यक्ष शंकर दत्त जोशी, बेदकोट नगरपालिका कार्यपालिका सदस्य पवन नेपाली लगायतका सहभागी भएका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण दत्त पन्तले वार्षिक प्रगति प्रतिवेदन पेश गरे ।

कार्यक्रममा चर्चित गजलकार अमृत नाथले समेत आफ्नो प्रस्तुति राखेर मनोरञ्जन दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुवन पाण्डेयले विद्यालयको स्तर उन्नतिका काममा सधैं तत्पर रहने प्रतिबद्धता समेत गरेका छन् ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा पूर्व विद्यार्थी एवम् बेदकोट नगरपालिकामा कार्यरत प्रकाश कलौनी सहितलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । विद्यालयका सह प्रधानध्याक गोविन्द चाटौतले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...