ghar sansar

करार कर्मचारी छनौट परीक्षाले पुर्चौडीमा लफडा, सुरक्षा खोज्दै रातारात भागेर सदरमुकाम पुगे हाकिम

little buddha academy
khasi

महेन्द्रनगर । बैतडीको पुर्चौडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर नेपाली सुरक्षा खोज्दै रातारात भागेर जिल्ला सदरमुकाम पुगेका छन्। प्रमुख जिल्ला अधिकारीलाई भेटेर उनले सुरक्षा माग गरेका छन् ।

करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षा प्रक्रियागत नभएको र ‘हाकिम’ले मनोमानी गरेको आरोप लगाउदै स्थानीय परिक्षार्थीहरुले घेराउ गरेपछि उनी रातारात भागेर सदरमुकाम पुगेका हुन् ।

,orning glory badhai

सोमबार भएको रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, पञ्जीकरण शाखाका लागि एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षा प्रक्रियागत नभएको आरोप छ ।

dirghayi clinic

प्रमुख प्रशासकीय अधिकृत नेपालीले कार्यविधि विपरित परिक्षा गरेको स्थानीय एक परिक्षार्थीले बताए। ‘हाकिम सापले कार्यविधि विपरित परीक्षा गराउनुभयो,’ उनले भने, ‘रोजगार सहायकको सर्ट लिष्टमा पनि १३ जनाको नाम राख्नुभयो, कार्यविधिमा १० जनालाई मात्रै सर्टलिष्ट बनाउने भन्नेछ ।’

तर परीक्षा प्रक्रियागत ढंगले भएको दाबी परीक्षा समितिका विज्ञ सदस्य महेश पन्तले गरे । ‘नगरपालिकाले हामीलाई हायर गरेको थियो, परीक्षाहरु कार्यविधि अनुसारनै भएका थिए,’ उनले भने, ‘हाम्रो काम परीक्षापत्र तयार पार्ने र त्यसको चेकजाँच गर्ने मात्रै थियो, हामीलाई कोर्डिङ गरेर दिएको थियो, पाएको जिम्मेवारी पक्रियागतनै गरेका हौं ।’

परीक्षा समितिको अध्यक्ष कार्यालय प्रमुख हुने व्यवस्था छ। त्यही अनुसार समितिको अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत नेपाली थिए । ‘हामीले चेकजाँच गरेका पेपरहरु कार्यालयलाई बुझाएका हौं,’ उनले भने, ‘अन्य सबै काम कार्यालयले नै गरेको हो ।’

झुठो आरोप लगाउदै स्थानीयले घेराउ गरेपछि ज्यान बचाउन सदरमुकाम आएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताए ।

‘जिउ ज्यान सुरक्षाको माग राखेर प्रमुख जिल्ला अधिकारीलाई भेटे,’ उनले भने, ‘नगर प्रमुख र उप प्रमुख लगायत जनप्रतिनिधिले पनि सहयोग गर्नु भएन । प्रहरीको सहयोगमा रातारात सदरमुकाम पुगेको छु ।’

Himal dental
सम्बन्धित
Loading...