ghar sansar

महेन्द्रनगर मावि साधारणको अध्यक्षमा फेरि विष्ट

महेन्द्रनगर । महेन्द्रनगर माध्यमिक विद्यालय (साधारण) को विद्यालय व्यवस्थापन समितिमा फेरि बिरेन्द्र बहादुर विष्ट चयन भएका छन् ।

विद्यालयका अभिभावहरुका भेलाबाट विष्ट तेस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष भएका छन् । उनी लगातार तेस्रो पटक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भएका छन् ।

mahostaw

समितिमा मोहनदेव जोशी, दिल्लीराज दाहाल, निर्मला शर्मा जोशी, मिना भण्डारी र पार्वती भट्ट सदस्य भएका छन् । व्यवस्थापन समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ललित सिह साउँद, शिक्षक प्रतिनिधिमा बीर बहादुर भण्डारी र भीनपा १८ का वडा अध्यक्ष रविन्द्र देवकोटा सदस्य भएका छन् ।

वडा अध्यक्ष वा वडा प्रतिनिधि व्यवस्थापन समितिमा पदेन सदस्य हुने व्यवस्था छ । समितिका अध्यक्ष विष्टले विद्यालयको शैक्षिक भौतिक सहित समग्र विकासका लागि सक्रिय भएर लाग्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...