ghar sansar

शुक्लाफाँटामा महरा आएपछि ठूला विकास योजना अघि बढे, क्षेत्रीय सहरी विकास योजनाले पनि गति लियो

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा नयाँ नेतृत्व आएपछि विकासका ठूला योजना अघि बढेका छन् । अघिल्लो कार्यकालमा सुस्त क्षेत्रीय सहरी विकास आयोजानको कामले समेत तीव्रता पाएका छन् ।

स्थानीय तह निर्वाचनबाट मेयर निर्वाचिन रण बहादुर महराले क्षेत्रीय सहरी विकास योजनाका कामलाई प्राथमिकता दिएर अघि बढाएका छन् ।

Anant bahu travels

शुक्लाफाँटा नगरपालिकाको नेतृत्व गरेपछि आरयुडीपीको कामलाई तीब्रता दिएको महराले बताए । ‘हामी निर्वाचित भएर आउँदा आरयुडिपीको योजना लथालिङ्ग थियो । त्यसलाई लयमा फर्काएका छौं,’ उनले भने । फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य समेत अघि बढाइएको मेयर महराले बताए ।

dirghayi clinic

‘फोहर व्यवस्थापनलगायत महत्वपूर्ण कार्यहरु अगाडि बढाएका छौं,’ एमाले पार्टी कार्यालयमा बिहीबार गरिएको छलफल कार्यक्रममा उनले भने, ‘कोल्ड स्टोर निर्माणको काम सुरु गरेका छौं, नगरस्तरीय कभर्ड हल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडी बढाएका छौं ।’

नगरपालिकाले नापीको काम समेत अगाडि बढाएको उनले बताए । ‘शुक्लाफाँटाका १२ वडामध्ये १ वडामा नापीको काम सम्पन्न गरेका छौं,’ उनले भने, ‘केही वडाहरुमा नापी भइरहेको छ, त्यसलाई प्राथमिकतामा राखेका छौं ।’

मेयर महराले कृषि क्षेत्रका कार्यक्रम गर्नका लागि सबै वडामा सम्भाव्यता अध्ययन भइरहेको मेयर महराले बताए । ‘सबै वडामा सम्भाव्यता अध्ययन गरी वडाको अवस्था अनुसारका कार्यक्रमहरु अगाडि बढाउँछौं,’ उनले भने, ‘विगतको नेतृत्वले गर्न नसकेको नदीको ठेक्का लगाएका छौं। शुक्लाका जनता खुशी छन् ।’

चुनावताका नगरबासीसँग गरेका प्रतिवद्धतालाई नीति तथा कार्यक्रममा समेटेर काम गरिरहेको उनले बताए । ‘हामीले चुनावमा नगरबासीसँग गरेका प्रतिवद्धतालाई नीति तथा कार्यक्रममा समेटेका छौं,’ उनले भने, ‘नीति तथा कार्यक्रमहरु कार्यान्वयनको चरणमा छन्।’

Himal dental
सम्बन्धित
Loading...