Sarsoti

शुक्लाफाँटा सहित तीन निकुञ्जका कर्मचारीलाई डढेलो नियन्त्रण तालिम

lotus institute

महन्द्रनगर । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका लागि चार दिने तालिम सञ्चालन गरिएको हो ।

morning glory
Mahendranagar

राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले तीन राष्ट्रिय निकुञ्ज र यहाँस्थित निकुञ्ज सुरक्षार्थ खटिएको रुद्रध्वज गणको सैनिक टोलीलाई तालिम प्रदान गरिएको बताए ।

तालिममा ३५ जनाको सहभागिता रहेको र उक्त प्रशिक्षार्थी टोलीलाई निकुञ्जभित्रको फाँट डढेलो नियन्त्रणको अभ्यास समेत गराइँदैछ । यसअघि पनि विभिन्न सरोकारवाला निकायबाट यसप्रकारका तालिम गरिँदै आएका छन् ।

उनले भने–‘तीन निकुञ्जका कर्मचारीलाई चार दिनको तालिम यहाँ पहिलो पटक गरिएको हो।’तालिममा सैनिक टोलीसँगै निकुञ्जका सिनियर गेमस्काउटलगायत सहभागी छन् ।

गर्मी याम सुरु भएसँगै यहाँका निकुञ्ज तथा सामुदायिक वनमा डढेलो लाग्ने समस्या हुने हुँदा त्यसको न्युनीकरण र व्यवस्थापनका लागि तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरेक गर्मीयाममा डढेलो लाग्ने गरेको छ ।

saark school
सम्बन्धित
Loading...