
महेन्द्रनगर । भीमदत्त नगरपालिका–९ बह्रमदेबमा सशस्त्र प्रहरीमाथि भारतीय नागरिकले आक्रमण गरेका छन् । ब्रह्मदेबस्थित नेपाल भारत सीमा सुरक्षामा खटिएका बोर्डर आउट पोष्ट (बीओपी) ब्रह्मदेवका दुई सशस्त्र प्रहरीमाथि आक्रमण गरिएको छ । आक्रमणमा संलग्न ६ भारतीय नागरिक पक्राउ गरिएका छन् ।
सशस्त्र प्रहरीलाई आक्रमणपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार सिद्धनाथ बाबाको दर्शन गर्न आएका उनीहरुले आक्रमण गरेका छन् । उनीहरु अधिकाँशले मदिरा सेवन गरेका थिए । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

‘सशस्त्र प्रहरीमाथि हातपात गरेको जानकारी आएको छ, हामीले उनीहरुलाई नियन्त्रणमा लिएकाछौँ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरीले अधिकारीले भने, ‘कति चोट लागेको केही जानकारी प्राप्त भइसकेको छैन ।’
