महेन्द्रनगर । सशस्त्र प्रहरीले भन्सार छलीका सामान बरामद गरेर ७ दिनमै ११ लाख बढीको राजस्व असुली गरिएको छ । झलारीस्थित सशस्त्र प्रहरी गणमा नयाँ उपरीक्षक (गणपति) प्रेम बहादुर रावल आएपछि तस्करी नियन्त्रणमा सक्रियता देखिएको हो । रावलले केही महिनादेखि गणको नेतृत्व सम्हालेका छन् ।
कञ्चनपुरका जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छलीका सामान बरामद गरेर ११ लाख ३८ हजार दुई सय राजस्व असुली भएको हो ।
सशस्त्र प्रहरीले फागुन १ गते एक मोटरसाइकल, २० दर्जन केरा, १५ किलो अंगुर र कस्मेटिक बरामद गरेको थियो । त्यस्तै फागुन २ गते ११८ थान चिसो, ५० किलो पोटास मल, कस्मेटिक र हार्डवेयरका सामान बराम गरिएको थियो ।
फागुन ३ गते ५० किलो मिठाई, किराना सामान, तीन पेटी चिसो, कपडा, भारतीय नब्बर प्लेटको एक थान मोटरसाइकल, चिसो ७ कार्टुन, साइकल, तथा किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
त्यस्तै फागुन ४ गते कस्मेटिक, कुखुरा, चिसो, मोटरसाइकल, कपडा र खुद्रा सामानहरु बरामद गरेर भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले बताएको छ ।
शैलेश्वरीले माछा र अण्डा, चिनी थप तीनवटा मोटरसाइकल समेत बरामद गरेर भन्सार चलान गरिएको सशस्त्र प्रहरी उपरीक्षक (गणपति) प्रेमबहादुर रावलले जानकारी गराए । ७ दिनको अवधिमा ११ लाख ३८ हजारभन्दा बढी मुल्य बराबरका सामान बरामद गरेर सोहिअनुसारको राजस्व असुली भएको उनले बताए ।