ghar sansar

डेढ दशकमै कसरी बन्यो लिटिल बुद्ध अढाई हजार बढी विद्यार्थी पढाउने विद्यालय ?

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का साँसद पूर्र्व मन्त्री रमेश लेखकले लिटिल बुद्ध एकेडेमी माध्यमिक विद्यालयलाई कञ्चनपुरको सम्पति भएकोले सबैले संरक्षण गर्नु पर्ने बताएका छन् । विद्यालयको १६ औं वार्षिकोत्सव कार्यक्रममा उनले विद्यालयको प्रगति देखेर आफूलाई खुल्ला मनले प्रशंसा गर्न मन लागेको बताए ।

उनले भने, ‘१६ बर्षको छोटो अवधिमा एलबिएले गरेको प्रगति देख्दा मनबाटै खुला दिलले प्रशंसा गनुपर्ने भएको छ, यो कञ्चनपुर बासीको सम्पति हो हामीहरुले यसको संरक्षण गनु पर्दछ ।’ उनले थपे, ‘निजि, सरकारी र समुदायीक विद्यालय एक अर्काका दुश्मन होईनन् बरु एक अर्काबाट सबैले सिक्न पर्छ, एलबिएको प्रगति हाम्रा लागि अनुस्करणीय र प्रशंसनीय छ ।’

,orning glory badhai

लेखकले सुदूरपश्चिम तथा कञ्चनपुरमा यस्ता विद्यालयहरुको उदयले अलिअलि पैसा भएका र महङ्गो विद्यालयमा पढाउन चाहाने अभिभावकका बालबालिकाले भारतको नैनिताल, देहराधुन तथा काठमाण्डौं जानुपर्ने बाध्यताको अन्य भएको बताए ।

उनले भने, ‘अब हाम्रा बच्चाहरु बाहिर पढ्न जाने होईन बरु काठमाण्डौ लगायत भारतका शहरहरुबाट पढाईका लागि कञ्चनपुर जानुपर्छ भन्ने वातावरण बन्न लागेको छ यसलाई सार्थक रुपमा अगाडी बढाउन जरुरी छ ।’ उनले थपे, ‘निजि क्षेत्र, सामुदायीक विद्यालय र सरकारी विद्यालय सबैमा सुधार गरि गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सबै एक हुन जरुरी छ ।’

कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल श्यामसिंह मौनिले सहयोगी सबैलाई धन्यबाद दिए । वि.स. २०६२ सालमा स्थापना भएको विद्यालयले २०६३ सालबाट तत्कालिन एसएलसि(हाल एसइई) परिक्षामा समावेश भएको थियो ।

dirghayi clinic

शुरुवातबाटै उत्कृष्ठ स्थान ल्याउन सफल एलबिएले हालसम्म पनि आफ्नो स्थान पछाडी नपारेको र क्रमिक रुपमा अगाडी बढेको प्रिन्सिपल मौनीले बताए । उनले भने, ‘हाम्रो टिमको अथक प्रयास र मेहनतले आज हामीले यो सफलता प्राप्त गरेका छौं, अझै सहयोगी सबेबाट सहयोगको अपेक्षा राख्दछु ।’

वि.स. २०६८ सालमा कक्षा ११ र १२ अर्थात प्लस टुको अनुमति लिएर २०६९ सालबाट विज्ञान र व्यवस्थापन संकायमा कक्षा सञ्चालन गरेको विद्यालयसंग अहिले २ हजार पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको तथा १ सय ३५ जनाको शिक्षक कर्मचारीको टिम रहेको छ । विद्यालयले हाल प्लस टुमा विज्ञान, व्यवस्थापनसंगै ल मा समेत अधयापन शुरु गरेको छ ।

दुईवटा ब्लकमा भवन रहेको लिटिलबुद्धसंग नयाँ ब्लकमा ८० र पुरानो ब्लकमा ३० वटा अत्याधुनिक सुविधासम्पन्न कोठहरु, हल, ल्याब, कन्फ्रनेन्सहल, क्यान्टीन र सुविधाजन्य सबै सुविधाहरु रहेको र छिट्टै ७ सय जना अटाउने हल निर्माण गरिने प्रिन्सिपल मौनिले बताए ।

उनले भने, ‘हामी धेरै सुविधाहरु थप्दै छौ, हामीसंग ७ वटा बस छन् यसलाई बढाएर १० पु¥याउँछौ, एउटा हल थप्छौ, शिक्षा र भौतिक अवस्थाको गुणस्तरमा हामीले बिशेष ध्यान दिने गरेका छौ साथै अब आउँदो शैक्षिक सत्रमा हामीले बिसिए र बिबिएको पढाई शुरु गर्छौ, जसको सम्बन्धन पोखरा विश्वविद्यालयसंग हुनेछ ।’

विद्यालय व्यवस्थापन अध्यक्ष प्रेमसिंह खातीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक कृष्णराज जोशीले गरेका थिए ।

विद्यार्थीहरुले विविद्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको कार्यक्रममा शिक्षा क्षेत्रका अग्रज, समाजका अग्रज, प्याब्सन एन–ब्याब्सनका प्रतिनिधि, विद्यालयका अभिभावक लगायत व्यक्तित्व सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...